काठमाण्डौ । पत्रकारको परिचयपत्र बोक्नेसंग प्रहरीले यस्तो वस्तु फेला पार्यो उनी तत्काल पक्राउ परेका छन् । प्रहरीले काठमाण्डौको नरेफाँट तरकारी बजारस्थित सडकखण्डबाट पत्रकारको परिचयपत्र बोकेका एक जनालाई पक्राउ गरेको छ । उनीसंग ड्र ग फेला परेको हो ।
पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका ४ घर भइ काठमाण्डौको तारकेश्वर नगरपालिका ११ लोलाङ बस्ने ४६ वर्षीय लेखबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर सुरेश भट्टको कमाण्डमा गएको प्रहरी टोलीले तामाङलाई विभिन्न ३ प्रकारका ड्रग बोकेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले रोक्न खोजेपछि उनी शंकास्पद गतिविधि गरेर भा ग्न खोजेका थिए। तामाङले युगान्तर मिडिया प्रालिको प्रेस लेखिएको परिचयपत्र बोकेका थिए । पत्रकार परिचयपत्र, मोबाइल २ थान र ला गु औषधसहित उनलाई हाल महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।
योपनि पढौं
बैंकर अनिल केशरी शाहको तलब ५० प्रतिशतले बृद्धि
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको छ । बैंकर शाहले २०२१ सालमा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ प्राप्त गरेका हुन् ।
बैंकर शाहले २०२० मा १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ मात्र प्राप्त गरेका थिए । आगामी पुस मसान्तमा नविल बैंकले साधारण सभा बोलाएको छ । बैंकले ३३ प्रतिशत बोनश र ४ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।






