काठमाण्डौ । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप प’ड्’िक’एर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।
घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि वि ष्फो टसहित जोडिएको भाग छुटिएर घटना भएको हो । काभ्रेको धुलिखेल नगरपालिका(४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, ‘म २० गतेसम्ममा आइपुग्छु ।’
चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए। तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए। तर उनको सपना अब अधुरै रहेको छ । ‘दुई(चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घटना सुन्नुपरो,’ उनका आफन्तले भने ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप प’ड्’िक’एर बे’हो’स भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन । ‘हेलिकोप्टर बोलएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उहाँहरुलाई अस्पतालले मृत घोषित गर्यो,’ उनले भने । घटनामा घाइते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।






