एजेन्सी । आमाको माया लाग्नु स्वभाविक हो । तर भौतिक रुपमा आमाले यो संसारलाई छाडि सक्दापनि उनको मायामा डुबेर उनको अन्तिम संस्कारसम्म गर्न नदिएर मरेको आमासंगै सुतिरहनु यो भने सबैकालागी आश्र्चय चकित पार्ने खबर हो । अमेरिकामा एक महिलाले आफ्नो मरिसकेकी आमाको अन्तिम संस्कार नगरिकनै मरेको आमासंग ६ महिनासम्म संगै एउटै घरमा एउटै ओच्छ्यानमा सुतिरहीन् ।
ती छोरीले आमाको मायाले भने त्यसो नगरेको प्रहरीले जनाएको छ । उनी महिनौंसम्म आमाको श वसँगै घरमा बसिन् । यस क्रममा पूरै शव स’डेको थियो । डेली स्टारको रिपोर्ट अनुसार ५४ वर्षीया महिलाले मरेको आमाबाटपनि फाईदा लिनकोलागी त्यसो गरेको कुरा प्रहरीले जनाएको छ । ती महीलाको नाम हो किम्बर्ली हेलर । आमाको मृत्युपछि हेलरले उनको अन्तिम संस्कार गर्नुको सट्टा उनको शव महिनौंसम्म घरमै राखिन् । ताकि उसले आमासँग सम्बन्धित लाभहरू प्राप्त हुन सकिरहोस् ।
हेलर आफ्नी वृद्ध आमाको पेन्सन, बीमा पैसा र सरकारी सुविधाहरूको फाइदा लिन चाहन्थिन् । त्यसैले आमाको मृत्युपछि पनि उनलाई ‘जीवित’ राखे । उनी करिब ६ महिनादेखि शवसँगै बस्दै आएकी थिइन् । यस क्रममा शव पुरै सडेको थियो । प्रहरी विभागले हेलरकी आमाको मे महिनामा मृत्यु भएको बताएको छ । तर नोभेम्बर २९ मा, हेलरलाइ गिरफ्तार गरियो। यति दिनसम्म उनले आमाको शव घरमै लुकाएर कसैलाई पनि घरमा आउन दिएनन् ।
तर जब मानिसहरूले हेलरकी आमालाई महिनौंसम्म देखेनन्, तिनीहरूले प्रहरीमा उजुरी गरे । प्रहरीले हेलरको घरमा गएर कुहिएको शव बरामद गरेको थियो । तर, अनुसन्धानमा महिलाको प्राकृतिक कारणले मृत्यु भएको खुलेको भए पनि मृतकसँग आर्थिक लाभ मिल्ने भएकाले छोरी गरेको खुल्न आएको छ । हाल, हेलर अहिले अनुसन्धानमा छिन् ।






