एजेन्सी । विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने कार्य हिन्दु परम्परामा पर्दछ । जुन एक रमणीय पल पनि हो । तर लुकाए बापत ४ लाख माग्नु त न कुनै परम्परा हो न त त्यो रमणीय पल नै बन्न सक्छ । विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन दुइ परिवार एक हुने शुभ अवसर पनि हो ।
सालिले जुत्ता लुकाउने र जुत्ता फर्काउन दलाली गर्नुपर्ने बिकृतिले गर्दा विवाहको महिमा, गरिमा र रोमाञ्चमा अहिले खल्लोपना थपिदै छ । बिबाहमा सक्कली सालिनानिले रमाइलोको लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर सालिलाइ सकेको दक्षिणा दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो ।
तर जुनघरमा रियल सालीहरु छैनन् त्यो घरमा आफन्तका नाममा बनेका अनावश्यक सालिहरुले जुत्ता लुकाए बापत भिनाजुसंग लाख लाख माग्ने प्रवृतिपनि कमको छैन । बिबाहमा सक्कली सालिहरुले रमाइलो को लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर दुइचार (बढिमा पाँच) हजार सालिलाइ दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो ।
खासमा छोरीलाई जुत्ता लुकाउने घृणित कार्यमा संलग्न गराएर मगन्ते बनाइएको छ । विबाहमा आएका भिनाजुको जुत्ता लुकाए बापत सालीहरुले पैसाको बार्गेनिंग गर्ने चलन नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै प्रचलित बनेको छ । थाइल्यान्डसँग सिमाना जोडीएको नागाल्यान्ड राज्यको राजाधानी खोहिमा हालसालै भएको एक बिहे भोजमा जुत्ता लुकाएको भन्दै भिनाजुसंग आफन्तमा साली पर्नेहरु जब ४ लाख मागे तब बेहुलाले बेहुली नै छाडेर घर फर्किएका छन ।
आफ्नो साली नभएपनी छिमेकी सालीहरुले जुत्ता लुकाएर ४ लाख भारतीय रुपैया मागेको र आफुले त्यती धेरै रकम दिन नसक्ने भएकाले १ हजार भारतीय रुपैया दिएको तर ४ लाख दिन नसक्ने गरीबले हाम्री दिदी पाल्न नसक्ने भनेर आफ्नो बेइज्जत गरेको भन्दै रोशन मोदी नाम गरेका बेहुलाले बेहुलीनै नलिकन फर्केका छन । बेहुली नलिकन फर्कन लाग्दा दुइपक्ष विच झ ड प हुँदा माइतिपक्षको ९ जना घाइते भएका छन ।






