काठमाण्डौ । फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेर सम्पर्क बिहीन भएका श्रीमानको पर्खाईमा छिन् २१ दिने एक सुत्केरी श्रीमती । कामाण्डौको शेषमतिमा ३ छोरीसंगै एक्लै बस्छिन् ती २१ दिने सुत्केरी महिला । उनले जन्माएको कान्छि छोरी जन्मन नपाउँदै श्रीमानले छोरी नै जन्मिन्छ भनेर आफुसंगै अरु २ छोरीहरुलाई समेत छाडेर श्रीमान कता छन् ती सुत्केरीलाई थाहा छैन ।
सिन्धुुलीबाट काम खोज्दै काठमाण्डौ आएकी उनी अहिले श्रीमान नै साथमा नहुँदा उनलाई हुर्किंदै गरेका २ छोरीसंगै भर्खरै जन्मिएको कान्छि छोरीलाई के खुवाउने के लगाउने भन्ने ठूलो चिन्ता छ । अर्काको घरमा घर सफा गर्नेदेखि लिएर लुगा धुने र भाँडा माझ््ने काम गरेकी ती सुत्केरीले अहिले यो अवस्थामा त्यो काम पनि गर्ने सक्ने बताउँछिन् । ‘लोग्ने भएको भए काम गरेको पैसाले खाने कुरा त किन्ने पाईन्थ्यो । अब त त्यो पनि छैन ।’ निरास हुँदै उनले भनिन् ।
तीन सन्तानकी आमा उनी आफु सुत्केरी भईरहेको समयमा श्रीमानले यसरी अलपत्रै पार्लान् उनले कहिल्यैपनि सोंचेकी थिईनन् । उनी भन्छिन्,‘जाँ ड, र क्सि खाएर मा ते र तैंले छोरी मात्रै जन्माउने भईस् त भनेर सधैं गाली त गर्नुहुन्थ्यो । तर यसरी घर नै छाडेर यस्तो अवस्थामा मलाई र यी छोरीहरुलाई अलपत्रै पार्नुहोला यो मैले कहिल्यै सोंचिन ।’ कान्छि छोरी जन्मनुको तीन चार महिना अघि मात्रै उनका श्रीमानले फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेको कुरा उनी सुनाउँछिन् ।
सामान्य मानिसलाई काठमाण्डौ जस्तो ठाउँमा संघर्ष गरेर आफ्नो जीविका चलाउन कति गाह्रो पर्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । तर सुत्केरी भएको समयमा यही काठमाण्डौमा आफ्नै श्रीमानले छोरा जन्माउन सकिनस् भन्दै अलपत्रै पार्दा ती २१ दिने सुत्केरीलाई दैनिक जीवनयापन गर्न कतिसम्मको अप्ठ्यारो भईरहेको होला ?
यो हामी सजिलै कल्पना गर्न सक्छौं । ती सुत्केरीसंग त भर्खरै जन्मिएको त्यो अबोध नानी मात्रै नभई हुर्कदैं गरेका २ छोरीहरु पनि छन् । ती छोरीहरुसंगै कसरी उनले दिनको गुजारा गरेकी छन् सुनौं उनको भनाईलाई । भिडियोभिडियो






