काठमाण्डौ । राप्रपाको महामन्त्री पदमा नायिका रेखा थापाले उम्म्मेदवारीको घोषणा गरेकी छन् । काठमाण्डौमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।
नायिका थापाले उम्मेदवारीको घोषणा गर्दै शीर्षनेताहरू आफूभन्दा पनि ख त्रा कलाकार रहेको टिप्पणी गरेकी छन् । लोकतन्त्र पछिको नेपालको अवस्थालाई मध्यनजर गर्दै देशका शिर्ष नेताहरुलाई ख त्रा कलकारको उपमा दिएकी हुन् । देशलाई बुढा नेताहरुले भन्दा पनि युवा नेता र नेतृको खाँचो भएको नायिका थापाको भनाई थियो ।
योपनि पढौं
पूजा र प्रदीपको ‘जुलेबी’ सार्वजनिक
काठमाण्डौ । अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द रहेको गीतमा गणेश शाहीकोे संगीत छ ।
भिडियोको कोेरियोग्राफी तथा निर्देशन समेत प्रदीप लामाले नै गरेका हुन् । सुशान प्रजापतिकोे छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन भिडियोमा छ । भिडियो






