काठमाण्डौ । ‘तिम्रो साथमा यात्रा गरेर म आईपुगें आज यहाँसम्म, अबपनि यस्तै यस्तै माया गर्दैजाऊ, तिमीबिना खाली छु म भर्दैभर्दै जाऊ’ यी हरफले भरीएका मायालु वाक्यहरु न कविता हुन् न त गजल नै । यी हुन् त केवल एउटा भाईले आफ्नो दाईभाउजुलाई वैबाहीक वर्षगाँठमा दिएको उपहार स्वरुप गीतका हरफहरु ।
हाँस्य कलाकार कुमार कट्टेल अर्थात ‘जिग्री’ले यो गीत आफ्नो दाईभाउजुलाई विबाहको वर्षगाँठमा दिएको उपहार स्वरुप गाएको गीत धुमुस सुन्तलिकोलागी एउटा सुन्दर उपहार बनेको छ । कलाकार जीग्रीले आफ्नै स्वरमा ‘मायलो जीवन सजाऊ’ यस गीतलाई गाएर सार्वजनिक गरेका छन् ।
गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा शब्द र संगीत भने अर्जुन पोखरेलको रहेको छ । भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ । यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए । दाजुभाउजुको वैबाहीक वर्षगाँठलाई मध्यनजर गरेर जीग्रीले गाएको यो गीतलाई धेरैले रुचाएका छन् ।
यसका साथै कलाकार धुुमुर्सले सामाजिक सञ्जालमा आफ्नो १४ औं वैवाहिक वर्षगाँठको स्टेटस् लेखेर श्रीमती कुञ्जनालाई वैबाहीक वर्षगाँठको शुभकामना पनि ब्यक्त गरेका छन् । भिडियो






