काठमाण्डौ । टिकटक जो पहिला म्युजिकल लिको नामबाट बजारमा आएको थियो आज त्यही टिकटक सबैको साथी बनेको छ । टिकटक एउटा त्यस्तो सामाजिक संजाल हो जसले छोटो समयमै मान्छेहरुको मन अनि मुटुमा स्थान लिन सफल भयो । प्राय कमैलाइ थाहा नहोला टिकटकको बारेमा । सबैको हातहातमा मोबाईल अनि मोबाईल मोबाईलमा टिकटक ।
समय काल परिप्रेक्ष अनुसार मान्छेहरु यसमा हिट हुने क्रम पनि जारी नै छ । बच्चा बुढा अनि जवान, सबैको प्यारो बनेको छ टिकटक । आजको विषय यस्तै टिकटकमा हिट भैरहेका एक रमाइला जोडीसगको अन्तरबार्तासग सम्बन्धित छ । पछिल्लो समय गोपाल कृष्ण तिमल्सिना अनि नमु न्यौपाने ९ कृति ०को जोडी अनि उनिहरुको टिकटक भिडियो सम्पुर्ण नेपालिहरुले रुचाइदिनु भएको छ र उहाहरु अहिले जताततै छाउनुभएको छ ।
उनिहरु श्रीमानश्रीमती पनि रहेका छन । गोपाल कृष्णले हाम्रो टिकटक भिडियो एकदम नै सरल सहज भएकोले सबैले मनपराइदिनुभएको होला भन्छन । यसका साथै उनीहरुको टिकटक भिडियो समाजमा नपच्ने प्रकृतिको पनि नहुने कुरा उनले बताए । आफ्नै टिकटक भिडियोहरु हेरेर आफैलाइ पनि मनोरञ्जन मिल्ने कुरा पनि गोपाल कृतिको रहेको छ जसलाइ दर्शकहरुले “कृति जोडि” को नामले पनि चिन्छिन ।
मनोरञ्जन अनि फुर्सदको समयको सदुपयोग लागि टिकटक बनाउने गरेका उनिहरु पछिल्लो समय जताततै हिट छन । उनिहरुलाइ नै उनिहरुको यो प्रगतीप्रती बिश्वास नलाग्ने कुरा पनि उनिहरुले बताए । दुई सन्तान पनि छन उनिहरुका । “एकअर्काको कामप्रती सम्मान हुनुपर्छ झगडा किन हुन्छ र ? यसो भने गोपालले । सबै श्रीमानश्रीमतीले यहि सोचका साथ अघि बढ्नुपर्छ ।
कति राम्रो सोच छ उनको त्यही भएरै उनिहरु अहिले सबैको उदाहरणिय जोडि बन्न सफल भएका छ्न । नेपालका प्रसिद्ध कलाकारहरुले समेत शेयर गरेका रहेछन उनिहरुको टिकटक भिडियो । हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मेलिना राई अनि पल शाह जस्ता कलाकारहरुले पनि शेयर गरेका रहेछन उनिहरुको टिकटक भिडियो । हरिबंश आचार्य अनि करिश्मा मानन्धले त फोन नै गरेको कुरा पनि गोपालले बताए । भिडियो






