एजेन्सी । सिद्धार्थ शुक्लाको मृत्युपछि उनको परिवारपछि सबैभन्दा ठूलो दुख उनको सबैभन्दा मिल्ने र विशेष साथी शहनाज गिललाई भयो । सिद्धार्थको मृत्युपछि शहनाज कामबाट टाढिइन् । यो आघातबाट बाहिर आउन उनलाई धेरै समय लाग्यो ।
यसैबीच शहनाजले आफ्नो प्रेमलाई ट्रिब्यूट दिइन् । सिद्धार्थ शुक्लाको निधन भएको ५६ दिनपछि उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट एक पोस्ट गरेकी थिइन् जसमा उनले सिद्धार्थलाई श्रद्धाञ्जली लेखेकी थिइन् ।
केही दिनपछि शहनाजले आफ्नो अफिसियल युट्युब च्यानलमा उक्त भिडियो सार्वजनिक गरिन्, जसलाई एकै दिनमा करोडौं मानिसले हेरिसकेका छन् । भिडियोमा शहनाज निकै उदास देखिएकी छिन् । जहाँ शहनाजको भिडियोलाई मानिसहरूले धेरै माया दिए, उनी ट्रोल पनि भइन् ।
मानिसहरुको लगातारको कमेन्टपछि अब अभिनेता अली गोनी शहनाजको समर्थनमा आएका छन् । एक प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै अली गोनीले शहनाजलाई समर्थन गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यहाँ हामी अझै शोक गरिरहेका छौं र आफूलाई नजिक भएको दाबी गर्नेहरू ।

श्रद्धाञ्जलीको नाममा भावना बे चि रहेका छन् । कसैको मृत्युलाई यसरी प्रयोग गर्नेहरु अब लाइक, कमेन्ट हेर्दै बस । सिद्धार्थ शुक्लालाई प्रयोग गर्न बन्द गर्नुहोस्। यसको जवाफ दिँदै एली गोनीले हिन्दी भाषामा भनेका छन् रुक जाओ, सीरीयसली ।
शहनाजको समर्थन गर्दै अली गोनीले सबै ट्रोल गर्नेहरुलाई भनेका छन्, ‘मलाई लाग्छ मेरो अन्तिम ट्वीटमा गलतफहमी भएको छ । सबैभन्दा पहिला शहनाजलाई श्रद्धाञ्जली दिने अधिकार छ । मलाई यो गीत एकदमै मन पर्यो । दोस्रो, ट्विट सिडको नाम तान्नेहरूका लागि थियो ।
शुक्रबार शहनाजले सिद्धार्थ शुक्लालाई श्रद्धाञ्जली दिँदै भिडियो सार्वजनिक गरेकी छिन् । यस भिडियोमा शहनाज र सिद्धार्थबीचका अविस्मरणीय पलहरू देखाइएको छ । विशेष कुरा के छ भने यो नयाँ गीत शहनाज आफैले गाएकी छिन् ।
कलर्सको रियालिटी शो बिग बोस १३ मा सिद्धार्थ शुक्ला र शहनाज गिल एकअर्काको नजिक आएका थिए । त्यसपछि दुबैको नाम सिड्नाज भयो । यसैबीच, यस वर्ष सेप्टेम्बरमा सिद्धार्थको हृदयघातका कारण मृत्यु भएको थियो ।






