काठमाण्डौ । पत्रकार ऋषि धमलाले राजनीतिक मात्र नभएर अन्य विषय र विधाका मानिसहरुसंग पनि अन्तरवार्ता लिने गरेको जग जाहेर नै छ । उनको कार्यक्रममा अचम्म त के हुन्छ भने उनले राजनीतिक क्षेत्रका बाहेक अन्य क्षेत्रमा आबद्ध भएकाहरुसंग अन्तरवार्ता लिएतापनि उनले राजनीतिक विषयमा भने प्रश्न गर्न कुनै मौका नै छाड्दैनन् ।
उनको पछिल्लो अन्तरवार्तामा पनि उनले ज्योतिषलाई बोलाएर नेताहरुको भविष्यको बारेमा प्रश्न गरेका छन् । उनको प्रश्नको जवाफ दिंदै ज्योतिष बिहंगमराज तिमिल्सिनाले अबको श क्ति शा ली प्रधानमन्त्री केपी ओली नै हुने बताएका छन् ।
प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ज्योतिष तिमिल्सिनाले अहिलेसम्म आफुले गरेको भविष्यवाणी सबै पुष्टि भएका छन् भन्दै अब शेरबहादुर देउवापछि केपी ओली नै यो देशको श क्ति शा ली प्रधानमन्त्री हुने ठो कु वा नै गरे उनले भने,‘उहाँ योग्य र श क्ति शा ली प्रधानमन्त्री बन्नुहुन्छ ।’
केपी ओलीको बारेमा आफुले जहीले राम्रो कुरा मात्रै बोल्दा बोल्दैपनि ओलीले कहिल्यैपनि आफुलाई त्यस कुराको सम्मान नदिएको ज्योतिष तिमिल्सिनाले कार्यक्रममै खुलेर गु ना सो पनि गरे ।
उनले भने,‘मैले केपी ओलीको बारेमा जहिले पनि बोलेको छु । कहिल्यै कुनै शब्द नराम्रो बोलेको छैन । तर मलाई आजसम्म केपी ओलीले कुनै प्रकारको सम्मान गरेका छैनन् ।’ कुरकानीकै क्रममा उनले देशमा अहिले गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन् ।
उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामात्रै नभएर सबै नेताले ज्योतिषशास्त्रलाई विश्वास गर्ने बताए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि ज्योतिष शास्त्रमा विश्वास गर्ने दाबी गरे । उनले देउवापछि मुलुकमा फेरि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भविष्यवाणी गरे ।
उनले देउवा चुनाव लडे पार्टीको सभापतिमा विजयी हुने दाबी गरे । माधव नेपालको भविष्य भने कमजोर रहेको उनको दाबी छ । त्यस्तै, उनले पूर्वराजा ज्ञानेन्द्र शाह तत्काल जनताले आईदिनुपर्यो भनेपनि शाह आउने अवस्था नरहेको जिकिर गरे ।
उनले नेपाल हिन्दूराष्ट्र बन्नुको विकल्प नभएको उल्लेख गर्दै भविष्यमा नेपाल हिन्दूराष्ट्र हुने पनि दाबी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवाबीचको रसायन पनि मिल्ने जिकिर गरे । ज्योतिषले पत्रकार धमलाको पनि भविष्य बताएका छन् ।
उनले पत्रकार धमलालाई निकै नै मेहेनत गर्ने पत्रकार, बिहान सबेर नै उठेर काम गर्ने पत्रकार, मनमा केही नराखेर सफा हृदयले बोल्ने पत्रकार भनेर निकै नै धमलाको बयान समेत गरेका थिए ।
ज्योतिषले पत्रकार धमलालाई बोल्दा अलि विचार पुर्याएर बोल्न पनि सुझाव दिएका छन् । कतिपय विषयमा पत्रकार धमलाले बोल्दाबोल्दै बोली सम्हाल्न नसकेर बोलेरै काम बिगोर्न भनेर आरोप समेत लगाएका छन् ।






