काठमाडौ । बाटो हिंड्दै गरेका हात हेराउने बाबाले ‘यो भन्दा राम्रो पोइ पाउँछेस’ भनिदिएकै भरमा श्रीमतीले श्रीमान र घर दुवै छाडेर गएकी छिन् । यो भिडियो सामाग्री सार्वजनिक भएर हामीले समाचार बनाउँदासम्म श्रीमती पुष्पा बादीले श्रीमान नारायण थापालाई छाडेको १० दिन भएको छ ।
नारायण नेपाली मुलका भारतीय नागरिक हुन् । उनले प्रेम गरेर पुष्पासंग ससुरालीमै बस्दै आईरहेका थिए । उनले आफ्ना बुवा आमालाई पनि मैले नेपालकी युवती मन पराए अब उनैसंग विवाह गर्छु भनेर सुनाए । तर उनी नेपाल आएर अलपत्र परेका छन् । श्रीमती हराएपछि पनि पर्खाइमै नेपालमै बसेका छन् ।
यो घटना सुर्खेतको भेरीगंगा १२ छिन्चुमा भएको हो । नारायणले पुष्पालाई भारतमै भेटेका थिए । र उतै नै बिहे पनि गरेका थिए । बिहे पछि अब नेपालमै बस्ने भनेर श्रीमती पुष्पाकै साथ लागेर सुर्खेत आए । सुर्खेतमै उनले आफ्नो पैसा खर्च गरेर पुष्पाको नाममै घर बनाए । सबै सम्पत्ती पुष्पाकै नाममा गराइदिए ।
आफु भारतीय भएका कारण आफ्नो नाममा सम्पत्ती गराउन मिलेन । आसामको गुहाटीमा नारायणको घर हो । आमा बुवा र एक जना बहिनी घरमा छन् । उनी दिल्लीमा काम गर्दा पुष्पासंग भेट भएको थियो । आफु भारतीय नागरिक भएकै कारण न्याय पनि नपाएको बताउँछन् ।
श्रीमती पनि सम्पर्क विहिन भइन् भने उनका माइतीले पनि घरवाट निकालेका छन् । श्रीमतीको पहिला नै विवाह गरेर सन्तान पनि जन्मिएको आफुले थाहा पाएको बताए । उनी आफ्नो पहिलाको श्रीमानवाट जन्मिएको छोरी ज्वाईसंग गएको बताएका छन् ।






