एजेन्सी । एक पति पत्नीले अनौठो गरेका छन् । विवाह गरेको एक वर्षमा उनीहरुबीच विवाद सुरु भयो । विवाद सुरु हुँदा एक सन्तान जन्मिसकेका थिए । पत्नीले पति विरुद्ध अदालतको ढोका चहारिन् ।
अदालतले उनका पतिलाई एक वर्षको जे ल सजाय पनि सुनायो । २१ वर्ष सम्म कानुनी ल डा ई पछि अहिले ति पति पत्नीले फेरी संगै बस्ने निर्णय गरेका छन् । यो घटना भारतमा भएको हो । सर्वोच्च अदालतमा पुगेपछि यो घटनाले अनौठो मोड लिएको हो ।
आन्ध्र प्रदेशको गुंटूर निवासी पतिपत्नी जोडीले सन् १९९८ मा बिहे गरेका थिए । एक वर्ष पछि नै पत्नीले पति सहित ३ जना विरुद्ध आ प रा धि क घटनामा मु द्दा दर्ता गरिन् । अदालतले पतिलाई एक वर्षको जे ल सजाय सुनायो ।
अदालतको फैसलाविरुद्ध पतिले उच्च अदालतमा पुनरावेदन गरे । उच्च अदालतले पनि पतिलाई दो षी ठहर त गर्यो तर सजाय घटाइदियो । पतिको सजाय घटेपछि पत्नी फेरी सर्वोच्च अदालत पुगीन् । त्यसपछि भने घटनाले अर्कै रुप लियो ।
उनका पति सरकारी जागिरे थिए । मु द्दा चलिरहँदा श्रीमानको जागिरको आधा तलब श्रीमतीलाई आउँथ्यो । त्यसैवाट श्रीमतीको पनि दैनिकी चलेको थियो । यस्तो बेला सर्वोच्चमा पुगेको मु द्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश रनवी रमन्नाले निवेदक पत्नीलाई सोधे,
‘अदालतले पतिलाई जे ल फैसला सुनाएमा सरकारी जागिर जानेछ, यसपछि पैसा पनि पाइन्न । त्यसपछि कसरी जीवन चलाउँछ्यौ, प्रधानन्यायाधीशको यस्तो प्रश्नले पत्नीको होस खुल्यो । त्यस पछि उनले पतिलाई जे ल नपठाउने निष्कर्षमा पुगिन् ।
त्यती मात्र होइन अब पतिसंगै बस्छु भन्न थालिन् । पतिले पनि पत्नीसँग सम्बन्धविच्छेद गर्न दिएको निवेदन फिर्ता लिने सहमति गरे । यससँगै २१ वर्ष लामो मु द्दा मामिलापछि अब पतिपत्नी सँगै मिलेर बस्न सहमत भएका छन् ।






