काठमणडौ । काठमाडौँको ग्राण्डी अस्पतालमा कार्यरत विजय श्याम रञ्जितले २०७२ मा ‘उत्कृष्ट चिकित्सक’ जितेका थिए । तर, तिनै वेस्ट डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हतकडी लगाएको छ । ललितपुर महानगरपालिका–२ स्थायी घर भएका रञ्जितलाई ब्यूरोले आइतबार महाराजगञ्जबाट प क्रा उ गरेर अनुसन्धान सुरु गरेको छ ।
यो पनि पढौं
परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा प क्रा उ
चीनबाट एमबीबीएस पास गरेर फर्केका रञ्जित नेपाल मेडिकल काउन्सिलले स्थायी दर्ता प्रमाणपत्रका लागी लिएको परीक्षामा असफल भएका थिए । तर, परीक्षा फेल भएपछि उनले दर्ता प्रमाणपत्र नम्बर–१०८५५ नम्बरको नक्कली प्रमाणपत्र बनाएर रजिस्ट्रारको हस्ताक्षर र छाप लगाएर अस्पतालमा काम गरिरहेका थिए ।
मेडिकल काउन्सिलको सूचनाको आधारमा ब्यूरोले मु द्दा दर्ता गरेपछि करिब ५ महिनादेखि उनी फ रा र भएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी धीरजप्रताप सिंहले बताए । आफूमाथि अनुसन्धान भएको थाहा पाएपछि उनी ग्राण्डी अस्पतालको जागिर छाडेर एकाएक बे प त्ता भएका थिए ।






