ललितपुर । अहिले अस्पतालमा अक्सिजन नपाएर विरामी छटपटाएका छन् । उता ललितपुरको मलपोखरीमा ठूलो संख्यामा सिलिण्डर फेला परेको छ । यो खबर थाहा पाउने बित्तिकै प्रहरीको टोली उक्त ठाउँमा पुगेका छन् । भिडियोमा हेर्दा वार लगाएर लाइनमा राखेको देखिन्छ । उनीहरुका लागि विदेशवाट समेत नेपालीले आफ्नो छाक घटाएर जम्मा पारेको पैसाले अक्सिजन पठाएका छन् ।
घर घरमा भएका अक्सिजन पनि सरकारलाई दिन सरकारले आग्रह गरेको छ । यस्तो अवस्थामा ठूलो संख्यामा अक्सिजन सिलिण्डर फेला पारेपछि प्रहरी त्यहाँ गएको छ । तर ति सिलिण्डर प्रयोग गर्न मिल्ने खालका हुन् की होइनन् भन्ने परिक्षण हुन बाँकी छ । स्थानियबासीन्दाका अनुसार धेरै समय देखि अक्सिजन सिलिण्डरहरु त्यहाँ रहेको बताएका छन् ।
माटोमा अलपत्र पारेर राखेका सिलिण्डरहरु केही खिया लागेको देखिन्छ । खिया लागेको सिलिण्डर भने पड्कने डर हुने त्यहाँ सहभागी जानकारले बताएको भिडियोमा सुनिन्छ । तर केही हेर्दा भने बाहिरवाट राम्रै देखिन्छ । नोजल फेरेर (क्लोरिन सिलिण्डर) भएकाले क्लोरिल सफा गर्नुपर्ने र त्यसपछि मात्र परिक्षण गर्नुपर्ने बताएका छन् ।
जानकारहरुले यि सबै प्रयोग गर्न मिल्ने बनाउन सकिने बताएका छन् । पानी सफा गर्न क्लोरिन ग्यासको सिलिण्डर भएका कारण क्लोरिनले स्वास्थ्यलाई असर गर्ने बताएका छन् । सोडाले सफा गरेर पानीले पनि सफा गरेर त्यसलाई पुन प्रयोग गर्नुपर्ने जानकारले बताएका छन् । भिडियो






