एजेन्सी । कस्तो अचम्म विबाह मण्डपमा बसिरहेकी बेहुलीलाई आफ्नो विबाह भन्दा अरु कुनै कुरा महत्वका हुँदैन । यो सबैलाई थाहा भएकै कुरा हो । तर एउटी यस्ती बेहुली जस्लाई विबाहभन्दापनि अरु नै कुरा महत्वको रहेछ । यो घ ट ना भारतको हो । जहाँ विबाह मण्डपमा बसेकी बेहुलीलाई आफ्नो विबाहभन्दा पनि चुनावी नतिजा महत्वको भयो ।
उनको दिल र दिमाग दुवै नै विबाहभन्दा पनि मतगणनामा रहेको थियो । यो कुरा उनले विबाहको मण्डप नै छोडेर प्रमाणित गरिदिएकी छन् । मण्डपमा बेहुला बेहुली बसिरहेका थिए । विवाहको कर्म भइरहेको थियो । त्यसैमा वेहुलीले चुनाव जितेको समाचार मण्डपमा आइपुग्यो ।
उनले (बीडीसी) गाउँ विकास समिति सदस्यको रूपमा पञ्चायत चुनाव जितेको खबर पाइन् उनले त्यो खुसी सम्हाल्न सकिनन् । उनले विवाह छोडेर हिडिन् । दुलहीले बिहेको समारोह बीचमा रोकेर सिधै मतगणना स्थल पुगीन् । यो घटना रामपुरको मिलाक तहसीलको मोहम्मदपुर जाडिद गाउँको छ। जहाँ यूपीको बरेलीबाट जन्ती आएको थियो ।
विवाह मंडप सज्जित थियो र दुलही पूनम उनको विवाह समारोहमा सरिक भएकी थिइन् । उनलाई त्यती नै बेला थाहा भयो उनले पञ्चायत चुनाव जितेकी छन् । त्यसैले उनको खुशीको सिमाना नै रहेन उनी विवाह समारोह रोकेर सीधै मतगणना स्थलमा पुगीन् ।
उनी मतगणनास्थलमा रातो बेहुलीको लुगा र गहनाले झकिझकाउ भएर पुगेकी थिइन् ।
उनलाई यस्तो रुपमा देखेर सबै छक्क परे । तर जब मानिसहरूले थाहा पाए कि दुलही बीडीसी सदस्यको चुनावमा खडा छिन् र उनी विजयी पनि भइन् सबैले बधाई दिन थाले । पंचम चुनावमा पूनमले ६०१ मत ल्याई आफ्नो प्रतिद्वन्द्वी शकुन्तलालाई ३१ भोटले पराजित गरिन् ।
यो जितसँगै, पूनमको खुशी दोब्बर भएको छ । भनिन्छ कि केहि अनुष्ठान भइरहेको थियो र केहि पूरा भएको थियो । यस समयमा, दुलही पूनमले मतपरिणाम थाहा पाएपछि विवाह रोकेर मतगणनास्थलमा आएर जितको प्रमाणपत्र लिएकी छन् । विजयपछि पूनम भन्छिन् कि एकातिर विवाहको खुशी छ र अर्कोतिर बीडीसी सदस्यको रूपमा छानिएको छु ।
म यो क्षणलाई कहिले भुल्न सक्दिन यो भन्दा ठूलो मेरो लागि के हुन सक्छ, पूनमले भनिन् विवाहको विधिहरू पूरा गर्न बाँकी नै छ । म विजयको प्रमाणपत्र लिन आएकी हुँ । गाउँमा विवाह समारोह भइरहेको छ ।






