एजेन्सी । पाकिस्तानी सहर क्वेटामा रहेको चर्चित सेरेना होटलमा भएको वि’स्फो’टमा कम्तीमा चार जनाएको ज्या’न गएको छ । वि’स्फो’टमा अन्य ११ जना घाइते भएको बीबीसीले जनाएको छ । संवाददाताहरूका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आ’क्र’म’ण गरिएको आ’श’ङ्का गरिएको छ ।
आ’क्र’म’णको समयमा चिनियाँ राजदूत क्वेटामा नै रहेको थाहा भएको बताइएको छ । क्वेटा, बलुचिस्तान प्रान्तको राजधानी हो, यो अफगानिस्तानको सीमा नजिक पर्छ । आ’क्र’म’णको समयमा चिनियाँ राजदूत होटलमा थिएनन् । वि’स्फो’ट होटलको कार पार्किङ गर्ने ठाउँमा भएको हो ।
सेरेना होटल क्वेटामा निकै चर्चित छ, यहाँ सरकारी अधिकारी र चर्चित व्यक्तित्व आइरहन्छन् । वि’स्फो’टको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । पाकिस्तानका गृह मन्त्री शेख राशिद अहमदले वि’स्फो’टक पदार्थ भरिएको कारमा वि’स्फो’ट भएको एआरवाय न्युज टीभीसँग बताएका छन् ।
उनका अनुसार वि’स्फो’टको समयमा चीनका राजदूत नोन रङ एक समारोहमा थिए तर उनी होटलमा थिएनन् ।बलुचिस्तान लामो समयदेखि पृथकतावदी वि’द्रो’ह चलिरहेको प्रान्त हो । लडाकुहरुले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् र त्यस क्षेत्रमा भइरहेका चिनियाँ पूर्वाधार परियोजनाको उनीहरुले वि’रो’ध गर्दै आएका छन् ।






