पर्सा । पर्सामा यात्रु बोकेर गुडिरहेको सवारी साधनमा बा घले आ क्र मण गरेको छ । पर्साको वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शि का री बासमा गुडीरहेको अटो रिक्सामाथि बा घले आ क्र मण गरेको हो ।
उक्त अटो रिक्सा ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको थियो । ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७ः३० बजे बाघ जाई लागेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिएका छन् ।
‘चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आ क्र म ण गरेको रहेछ,’ साहले भने, ‘बाघ जाई लागेपछि अटो अ नि य न्त्रि त भई प ल्टि न पुगेको रहेछ ।’ तर राम्रो पक्ष अटोमा सवार यात्रुलाई बाघले केही गरेन ।
अटो र यात्रुलाई त्यस्तै अवस्थामा छोडेर बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति भने हुन भने पाएन । दुर्घटनामा अटोरिक्साको अगाडिको भागको सि सा फु टे को, छत कु च्चि ए को प्रहरी निरीक्षक साहले जानकारी दिएका छन् ।
सोही क्रममा पूर्वतर्फबाट आइरहेको आफ्नो गस्ती टोलीले दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार गरेको उनले बताए । स्थानीय अटो सञ्चालक समेत रहेका बुद्धिबहादुर गुरुङका अनुसार अटो दुर्घटना हुन पुग्दा अटोचालकलाई सामान्य चोट लागेको छ ।






