एजेन्सी । संसद वैठकमै पसेर भारतको बिहारको विधान सभामा विपक्षी दलका सांसदहरुलाई प्रहरीले पछारेको छ । सरकारले ल्याएको नयाँ कानुनको विरोध गर्दा संसद भवन भित्र ववाल भएको हो । सो क्रममा सांसदलाई पछारीएको हो ।
प्रहरीले संसद बाहिर निकालेको भिडियो र तस्बिर सार्वजनिकक भएको छ । भारतीय मिडिया द हिन्दुले त्यसको भिडियो र तस्बिर सार्वजनिक गरेको छ । जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण विवाद भएको हो ।
अधिकारीहरुका अनुसार नयाँ विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिन्छ। त्यस्तो प्रस्तावको विरोध गरिएको हो । केही दिनयता विपक्षी दलहरूले प्रहरी विधेयकको विरोध गर्दै आएका थिए । सो क्रममा मंगलबार विरोध स्वरुप विपक्षी सांसदले संसदमा आन्दोलन गरेका थिए ।
उनीहरुले सभामुखलाई चेम्बरमै घेराउ गरेर बसेका थिए । त्यसबेला प्रहरीलाई बोलाइएको थियो । सो क्रममा विपक्षी सांसदमाथि प्रहरी नै जाइलागेका थिए ।
केन्द्रिय सांसदमा विपक्षीहरुले यो घटनाको बारेमा जानकारी दिने तयारी थालेका छन् । सार्वजनिक भिडिओमा काँग्रेस सांसद सन्तोष मिश्रलाई प्रहरीले कु ट पि ट गर्दै संसदबाट बाहिर निकालेको देखिएको छ । भिडियो






