काठमाण्डौ । जनता समाजवादी पार्टीका नेता महन्त ठाकुर संसदीय दलको नेता चयन हुनेवित्तिकै लुसुक्क लैनचौरस्थित भारतीय राजदुतावास गए । उनी फागुन २८ गते शुक्रबारका दिन दिवाभोजनको मौका पारेर लैनचौरस्थित भारतीय दूतावास गएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारीको निम्ति धेरै पटक कुराकानी गरिसकेका ठाकुरलाई पार्टीभित्रै र नेपाली काँग्रेस तथा माओबादी केन्द्रबाट ओलीको विकल्पमा खुट्टा टेक्न सुझाव दिईएको छ ।
सिंहदरबारस्थित संसद सचिवालय हातामा रहेको जसपा संसदीय दलको कार्यालयमा पूर्वसंघीय समाजवादी दलका सांसदहरूको छुट्टै भेटघाट भइरहेको छ । पूर्वराजपा समूहले आफ्नै ढंगले सत्ता समीकरणको निम्ति पहल गरेपछि काउण्टरमा समाजवादीका सांसदहरूले पनि उक्त प्रक्रिया अघि बढाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई साथ दिने सम्बन्धमा ग्रिन सिग्नल लिन महन्थ लैनचौर गएकै समय बालुवाटारमा ओलीले एमालेका निर्वाचित पदाधिकारीको जिम्मेवारी चैट बनाइदिएका थिए । यो समाचार जनआस्थामा छ ।






