काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र उनको समुहलाई पार्टी बैठकमा आउन निम्ता दिएका छन् । उनले आफुलाई ठेगान लगाउन होइन पार्टी बनाउनका लागि बैठकमा आउन निम्ता दिएका हुन् ।
ओलीले केन्द्रीय कमिटीको बैठक चैत्र ७ गते बालुवाटारमा बस्ने भएकाले सहभागी हुन आह्वान गरेका छन् । कसैलाई कुनै पनि जिम्मेवारीबाट नहटाइएको भन्दै उनले बैठकमा उपस्थित हुनकोलागी सार्वजनिक रुपमा सबैलाई आह्वान गरेका छन् । तर निरन्तर बैठकमा अनुपस्थित नभए विधानअनुसार कारवाही हुने चेतावनी पनि ओलीले दिएका छन् ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने,‘कताकता सुन्नमा आएको थियो । पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । म भन्छु कतै अलमलमा नपर्नुस् । पार्टी बनाउनतिर लाग्नुस् ।
प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । यत्रो विघ्न टेलीभिजनहरले खिचेका छन् । कतिले त लाईभ पनि गरिरहेकै होलान् । सुनिन भन्न पाईने छैन । केन्द्रीय कमिटीका सबै सदस्यहरू आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’
माधव नेपाल आफै अध्यक्ष बनेर आफूलाई पार्टीको साधारण सदस्यसम्म नरहने गरी निकालेको प्रसंगमा प्रधानमन्त्री ओलीले भने,‘उहाँले मलाई पार्टीको अध्यक्ष त के साधारण सदस्य समेत नरहनेगरी निकालेको भएपनि आफूले भने कसैलाई कतैबाट निकालेको छैन । पार्टी त चलाउनु पर्यो नि । तयस्कालागी कसैलाई जिम्मेवारी दिईएको मात्र हो ।
त्यसलाई ठूलै विषय बनाएर यति विघ्न उफ्रि हिंड्न पर्दैन । चैत्र ७ गतेको बैठकमा तपाईँहरु आनुहोस् । मलाई ठेगान लगानलाई नभएर पार्टी बनाउनलाई आउनुहोस् । तपाईँहरुलाई स्वागत गरिनेछ ।’ पार्टी अगाडि बढाउनकोलागी सबैसंग सल्लाह गरेर आफु अगाडी बढ्ने प्रधानमन्त्री ओलीले बताए । साथै उनले आफुलाई सत्ताबाट निकाल्न चेतावनी समेत दिए । भिडियो






