एजेन्सी । सुरक्षा घेरामा रहने भिआइपीले प्रयोग गरेका विस्तरा नै गायब भएको छ । यो भारतको समचार हो । भारतमा अहिले यो विषय चर्चाको विषय बनेको छ । भारत बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख लालु यादवको विस्तरा गायब भएको हो ।
यादवको मात्र होइन उनको सुरक्षामा खटिएका प्रहरीका लागि दिइएका सिरक, डसना र सिरानी नै गायब भएका हुन् । चारा घोटाला का ण्ड का दो षी यादव झारखण्डको राजधानी राँचीस्थित राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा उपचार्थ छन् । उनलाई अस्पतालमै प्रहरीले सुरक्षा दिएको छ । भारतीय समाचार माध्यम अमर उजालाका अनुसार उनको सुरक्षामा १० प्रहरी खटिएका थिए ।
उपचारमा रहेका पूर्व मुख्यमन्त्री यादव र सुरक्षाकर्मीलाई अस्पतालले सिरक, डसना, सिरानी दिएको थियो । पछि यादवलाई अस्पतालले दिल्ली पठायो । त्यसपछि जब उनको सुरक्षामा रहेका सुरक्षाकर्मी फिर्ता गए तब अस्पतालले दिएका ओढ्ने, ओछ्याउने लगायत सबै सामान गायब भएका हुन् । यादवको सुरक्षामा रहेका सुरक्षाकर्मीले नै घर फर्किदा प्रयोग गरेका विस्तरा पनि संगै लगेछन् ।
अस्पतालका प्रबन्धकले ती प्रहरीसँग कतिपटक ती सामान फिर्ता गर्न अनुरोध गरे, तर फिर्ता दिएनन् । यसपछि अस्पतालको प्रशासनले राँचीका एसएसपीलाई सामान फिर्ताको अनुरोध गर्दै पत्र पठाएको छ । एसएसपी सुरेन्द्रकुमार झाले जब यसको जानकारी पाए तब उनले ती सुरक्षाकर्मीसँग अस्पतालका सिरक, डसना, सिरानीलगायतका सामान २४ घण्टाभित्र फर्काउन अल्टिमेटम दिएका छन्। अन्यथा अनुशानसको कारबाही गरिने चेतावनी दिएका छन् ।






