एजेन्सी । गाउँमा कुनै मानिसको मृत्यु भएमा गाउँ नै शोकमग्न हुनु सामान्य हो । तर, एक जंगली जनावरको मृत्युमा गाउँ नै शोकमग्न भएको भन्ने सुन्दा अलि अनौठो लाग्छ । तर, घटना सत्य हो । भारतीय सञ्चार माध्यमका अनुसार भारको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा एक जंगली जनावरको मृत्युमा पूरै गाउँ रोएको छ ।
समाचार अनुसार एक बाँदरको अचनाक मृत्यु भएपछि गाउँ नै शोकमा डुब्यो । गाउँलेहरुले भेला भएर सो बाँदरलाई आशुसहित अन्ति बिदाई दिएका छन् ।
बाँदरको शव यात्रा पनि निकालियो। र हिन्दु परम्पराअनुसार उसको अन्त्येष्टी पनि गरियो । समाचार अनुसार बाँदरको अन्तिम यात्रामा ठूलो संख्यामा पुरुष र महिलाहरु सहभागी भए । सबै मलामीहरु निकै दुखित देखिन्थे । समाचार अनुसार सो बाँदर गाउँका सबै घरघरमा पुग्ने गथ्र्यो ।
त्यसरी घरघर पुग्ने बाँदरसँग मानिसहरुको भावनात्मक सम्बन्ध कायम भएको थियो । मानिसहरु उसलाई आफ्नै परिवारको सदस्य जस्तै मान्थे । अचानक उसको मृत्यु भएपछि मानिसहरु दुःखी बनेका हुन् । जसरी हामीलाई घरमा पालेका जनावरको निधनमा दुख लाग्छ त्यस्तै बाँदरको निधनमा पनि पुरै गाउँले दुखी भएर विदाइ गरेकाछन् ।






