काठमाडौं । युवा गायक प्रविन राजथलाको ‘कान्छीको सम्झनामा’ बोलको गीत सार्वजनिक । अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक प्रविन राजथलाको यस गीतमा शब्द तथा संगीत रहेको छ ।
यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन् । युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा एलिस राई र गीता ढुंगानाले अभिनय गरेका छन् । भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।
एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो । गायक राजथलाको आधिकारिक च्यानल पिआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो ।






