काठमाण्डौ । ‘तिम्रो चीज हेर मैले च्याप्प समाई राछु, बिहे भएको दुई दिन सम्झि टक्क रामाई राछु । उ दिनमा जस्ती थियौ आजपनि त्यस्तै, मलाई पनि मन परेको मायालु हो यस्तै ।’ भन्दै आज प्रणय दिवसका दिन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले आफ्नी जीवन संगीनीलाई गुलाबको फुल दिंदै यी माया हरफहरुबाट प्रस्ताव राख्दै प्रसन्न पारिरहेका छन् । उनी जीवनसंगीनी पनि श्रीमानले प्रणय दिवसको अवसरमा आफुलाई प्रसन्न पारिरहंदा मख्ख छिन् ।
लोक गायक कृष्ण कंडेलको जन्मदिनको अवसरमा परेको प्रणय दिवस उनकालागी दुईहातमा लड्डु भएको छ । एकातिर उनले आफ्नो जन्मदिन मनाउन पाए भने अर्कोतिर श्रीमतीलाई यो दिवसको अवसरमा प्रेमका रसरागले भरिएका मायाका शब्दहरुले प्रसन्न बनाउन पाए । लोक गायक कंडेलले पहिलो पटक परिवारको साथमा आफ्नो जन्मदिन मनाएका छन् । सबैलाई आफ्नो परिवारको माया उक्तिकै लाग्ने गर्दछ । तर कोहीले साथमा मनाउन पाउँछन् भने कोहीले काम विशेषले र बाध्यताले गर्दा संगै मनाउन पाउँदैनन् ।
इन्द्रेणीका सञ्चालक कंडेलले पनि विगतका वर्षहरुमा काम विशेषले गर्दा आफ्नो जन्मदिन मनाउन पाई रहेका थिएनन् । तर यस वर्षभने उनले आफ्नो परिवार र पुरै इन्द्रेणी परिवारका साथमा आफ्नो जन्मदिन मएका छन् । उनी निकै खुशी देखिन्छन् । उनको जन्मदिनको यो अवसरमा धेरैले उनलाई शुभकामना दिएका छन् । गाएकका रुपमा उदाउँदै गरेका गायक अलिफ खानले उनकोलागी गीत गाएर उनलाई जन्मदिनको उपहार दिएका छन् । भिडियोसहित






