काठमाडौ । लामो समयको अन्तरालपछि अभिनेत्री प्रियंका कार्की रोमान्टिक सिनमा देख्न पाईने छ । उनले एउटा म्यूजिक भिडियोमा आफुलाई निकै नै लामो समयपछि रोमान्टिक मुडमा देखाएकी छन् । प्रियंका एउटा त्यस्तो कलाकार हुन् जस्ले जुन सुकै विधामा पनि निखार दिएर आफ्ना दर्शकहरुको मन जित्दै आएकी छन् ।
यस पटकपनि उनले ‘फूलभन्दा कोमल’ बोलको गीतमा पुर्ण रुपले रोमान्टिक अन्दाजमा आफ्ना फ्यानहरुको मन जित्ने प्रयास गरेकी छन् । गायक ओम सुनार र गायिका एलिना चौहानको स्वर रहेको उक्त म्यूजिक भिडियोमा प्रियंकाले मोडल विकेश शाहीसँग अनस्क्रिन रोमान्स गरेकी छन् । गीतमा ओमकै शब्द र संगीत छ ।
कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ । हेराकुमार शाही ‘मगचा’द्वारा निर्मित म्युजिक भिडियोमा राकेश शाहीको कोरियोग्राफी, कृष्ण पाण्डेको छायांकन र श्याम कुँवरको रंग संयोजन छ । भिडियो






