स्यांजा : विबाह गर्नु भनेको आफ्नो श्रीमतीलाई उस्को माईतीले जस्तै संरक्षण गर्नु हो । सम्मान दिनु हो । माया र प्रेममा राख्नु हो । जसरी माईतमा बिहे हुनु पुर्व हरेक युवतीहरु बसीरहेका हुन्छन् । हरेक धर्ममा भनिएको छ कि नारीलाई सम्मान गर । तर स्यांजामा आफ्नै श्रीमानले आफ्नै श्रीमतीलाई यस्तोसम्म गरेका छन् कि जो सुन्दै अचम्म मात्र हैन सुन्नेहरुले यस्तो पनि हुन्छ र भनेर आफैसंग प्रश्न गर्छन् ।
आफ्नी छोरीलाई ज्वाईले गरेको अभद्र व्यावहारलाई देखेर निकै दुःखी छिन्, निशा मियाँ । उनले छोरीको जिन्दगी यस्तो होला भनेर न कहिल्यै सोंचिन् न अहिले सुनेर पनि छोरीलाई सहयोग नै गर्न सकेकी छन् । उनले सकिन् त केवल एउटै कुरा त्यो हो मिडियाको साहारा लिएर पुरै तीन करोड नेपाली जनतालाई ज्वाईले छोरीलाई गरेको दु’व्र्य’वहार सुनाउन चाहीन् । उनले एक अन्तरवार्तामा आफुले छोरीको जिन्दगी यस्तो होला भनेर कहिल्यै नसोंचेको भन्दै भक्कानिएर रोईन् पनि ।
उता छोरी पनि आमा रोएको देखेर आमासंगसंगै रुँदै आफ्ना पि’डा सुनाईन् । छोरी शकिला बानीले आफ्नो श्रीमानले आफुलाई डि”र्भो’स दिन कर गरिरहेको कुराले उनी निकै त’नावमा आएको कुरा सुनाईन् । श्रीमानले आफुसंग डिर्भोस माग्नुको कारण नै आफुलाई थाहा नभएको उनले बताईन् । उनको भनाई अनुसार डिर्भोस नदिनकोलागी शकिलाले आफ्नो नग्न तस्वीर श्रीमानलाई पठाउनु पर्ने अरे । र उनले आफ्नै श्रीमान त हो नी भनेर पठाएको पनि बताईन् ।
तर श्रीमानले त्यही तस्वीरलाई भाईरल नै गरिदिएका रहेछन् । शकिला भन्छिन्,‘मलाई जहिले डि’र्भो’स दे भनिरहनु हुन्थ्यो । मैले कारण सोध्दा उहाँले भन्नु हुँदैनथ्यो । मलाई उहाँले नै गाउँमा लगेर छाड्नु पनि भयो । त्यतिबेलासम्म राम्रै बोलेर मलाई उहाँले छाड्नु भएको थियो । तर उहाँ फर्किए लगत्तै मलाई न’ग्न तस्वीर पठाउने भए पठा नत्र मलाई डि’र्भो’स दे भन्न थाल्नु भयो । मैले पठाएँ पनि । तर यस्तो गरिदिनु होला भन्ने मलाई के थाहा ।’ आफ्नो इज्जतलाई नै दाऊमा राखेर उनले मिडियासामू रुँदै आफ्ना कुरा सानाईन् । भिडियोसहित






