बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा किसानलाई कृषि यन्त्र वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले बार्षिक बजेटमार्फत किसानलाई बुधबार अनुदान मार्फत कृषि यन्त्र वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको हो ।
‘आफ्नो पालिकाका किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौं ।’ उहाँले भन्नुभयो । आर्थिक विकास समितिका संयोजक एवम् वडा नं. ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ जना किसानलाई मिनिटेलर र ११ जना किसानलाई पावर टेलर वितरण गरिएको छ ।
पालिकाले किसानलाई अनुदान दिने निर्णय गरे अनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले आवेदन खोलेको थियो ।निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो ।
सोही पालिकाको वडा नं. ३ का वडाअध्यक्ष निखिल बैगार, कृषि शाखा प्रमुख प्रमोदकुमार बिश्वकर्मा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, किसान, कर्मचारी लगायतले उक्त कृषि यन्त्र वितरण गरेका थिए ।






