काठमाण्डौ । नेकपाको दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीलाई स’न्की र राष्ट्रपतिलाई प्रधानमन्त्रीको प्या’दा भन्दै फेरी अर्को पटक राष्ट्रपति विरुद्ध उनी बोलेकी छन् । नेतृ झाक्रिले आज (बुधबार) दाहाल नेपाल समूहद्धारा आयोजीत कार्यक्रममा बोल्दै गोर्खामा बोलेकै आधारमा आफुलाई प’क्रा’उ गर्न लगाउने राष्ट्रपति र प्रधानमन्त्रीलाई उनले स’न्की र प्या’दा भनेकी हुन् ।
राष्ट्रपति भनेको कुनै व्यक्ति नभएर पद भएको बताउँदै उनले पदको कुनै लिंग नहुने स्पष्ट पारेकी थिईन् । नेतृ झाक्रिले मन्चमै लगाएको कपडा खोल्दै राष्ट्रपति र ओलीलाइ चेतावनी दिएकी छिन । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि स’न्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्या’दा बनेको आरोप लगाएकी छन् । नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।
‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’‘महिला अस्मिता त त्यतिबेला ब’ला’त्कृ’त भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु ब’ला’त्कृ’त भएका छन्, उनीहरुको ह त्या भएको छ’ उनले अघि भनिन् ।
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिं’सा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘ता’ना’शा’ह बन्दै गरेको ‘र स’न्की प्रधानमन्त्रीको प्या’दा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’






