काठमाण्डौ । चर्चित गायिका एलिना चौहान यतिबेला फेरि ट्रोल बनेकी छन् । आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।
उनको यही भनाईले उनलाई यतिबेला समाजिक सञ्जालमा ट्रोल बनाईएको छ । मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले सबै तिर छाएका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन् । कतिपयले उनले उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर समेत व्यङ्ग्य गरिरहेका छन् ।
कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन् । कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनिरहेकी छन् । कार्यक्रममा चौहानले अभिनेता अनमोल केसीलाई ह्याण्डसम हिरो र साम्राज्ञी राज्य लक्ष्मीलाई राम्री हिरोइनको रूपमा समेत चर्चा गरिन् ।
कार्यक्रममा सुवेदीले कलाकारिता, राजनीतिक र खेलकुद क्षेत्रका केही व्यक्तिहरूको तस्बिर समेत चिन्न लगाएका थिए । जसमा उनले धेरैलाई चिनेकी थिइन् । एलिना पछिल्लो समय गीत ‘धोकेबाज’ को कारणले चर्चामा छिन् । उनको गीत धोकेबाज गएर युवायुवती मरिहते गरेको भिडियोहरू सामाजिक सञ्जाल टिकटक लगायत प्लेटफर्ममा भाइरल छन् ।






