रुपनी जि.एम, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व्पा) का सभापति रबी लामिछानेलाई आलोचना सुन्न र सहन गर्न नसक्ने भए राजनीति छाडेर कमण्डलु बोक्दै पशुपतिमा जान सुझाव दिएका छन् । बुधबार पत्रकार सम्मेलनमा महामन्त्री थापाले पुर्व गृहमन्त्री लामिछानेलाई रास्वपाले जे गरेपनि अरुले सही दिनु पर्ने ? भन्दै आलोचना सुन्न र सहन गर्न नसक्ने भए राजनीतिछाडेर कमण्डलु बोक्दै पशुपतिमा जान सुझाव दिएका हुन् ।
रास्वपा सरकारबाट बाहीरए लगत्तै गरेको पत्रकार सम्मेलनमा कंग्रेस महामन्त्री थापा र उनलाई लागेको खसी काण्डको आरोपको विषयमा बोलेको थियो । रबी लामिछानेले पत्रकार सम्मेलन नै गरेर आफ्ना बारेमा बोलेको कुरालाई किटान गर्दै थापाले लामिछानेलाई ‘ठेस लगाउन मन लागे ऊखु बारीमा जानु, ऋण लगाउन मन लागे जमानी बस्नु र आलोचना सुन्न मन लागे राजनीतिमा आउनु ।’ भन्दै उखान टुक्काद्धारा झटारो हानेका थिए ।
थापाले रास्वपा सरकारमा गएपनि उस्लाई प्रश्न गर्न नहुने, सरकारबाट बाहीरिएपनि किन बाहीरिएको भनेर सोध्नै नहुने, को हो रास्वपा ? रास्वपालाई जे गर्न मन लाग्छ त्यही गर्न हुने ? अरुले चै उस्का सबै कुरा सही दिनु पर्ने ?’ भन्दै गुण्डागर्दीको राज बन्द गर्न चेतावनी समेत दिएका थिए ।
थापाले रास्वपाको व्यवहारलाई हिन्दी भनाईसंग तुलना गरेका थिए । ‘हम करें तो राजलीला और तुम करो तो क्यारेक्टर ढिला ?’ भन्दै थापाले लामिछानेलाई आफुमात्रै राम्रो । अरु नराम्रो । आफु मात्रै सध्य अरु सबै खराब र आफ्नो पार्टी मात्रै जनताको हीत सोच्ने र अरुको पार्टीले चैं जनताको अहीत गर्ने भ्रमबाट मुक्त रहेर विशुद्ध राजनीति गर्न सुझाव दिएका छन् । भिडियो तल छ ।






