रुपनी जि.एम, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेका लागि सञ्चारकर्मी ऋषि धमला पहिले उत्प्रेरक बनेका थिए भने अहिले सर्कसमा काम गर्ने जोकर बनेका छन् । पुर्व गृहमन्त्री समेत रहेका लामिछानेले सरकारबाट बाहिरिए संगै यसै हप्ताको आईतबार गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मी धमलालाई सरकरमा काम गर्ने जोकरको संज्ञा दिएका थिए ।
उनले सञ्चारकर्मी धमलालाई ग्लेक्सि फोर के का मालिकसंग ५ करोडको बार्गेनिंग गरेको कुरा खुलासा गर्दै उनले धमलालाई जोकर भनेका थिए । आफ्नै मेहेनत र परिश्रममा पत्रकारीता क्षेत्रमा नाम कमाउन सफल सञ्चारकर्मी धमलालाई जोकरको भनेका लामिछानेले कुनै समय आफु धमलाको मेहेनत, लगनशिलता र ईमान्दारीताको बयान गरेर थाकेका थिएनन् ।
आफुपनि टेलिभिजनमा कार्यरत हुँदा एक कार्यक्रममा बीचमा धमलाको प्रशंसा गरेका लामिछानेले भनेका थिए,‘ऋषि धमला भनेको आलोचना नै आलोचना चिरेर माथि आएको मान्छे हो । यसकारणले धेरै कुरा सिक्न र पढ्न सकिन्छ । मैले ऋषि धमलाबाट धेरै कुरा जाति सिकेको छु ।’
पत्रकार धमलाको मेहेनतलाई उच्च मूूल्यांकन गर्दै तारिफ गरेर नथाकेका लामिछाने यति मै रोकिएनन् । उनले अगाडी थपे,‘जति आलोचनालाई नाघेर, टेकेर आउनु भयो त्यति आलोचना सहन गर्ने साहास ममा छ कि छैन मलाई थाहा छैन । तर उहाँले आलोचनालाई पनि आत्मसाथ गरेर हिंड्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरिसक्नु भएको छ ।
एउटा मान्छे बिहान ४ बजेदेखि राती १२ बजेसम्म अनबरत लागेको लागै खटेको खटै गरिरहेको यो क्षेत्रमा त्यो एनर्जी र साहासको लागि म सेल्युट गर्छु ।’ लामिछानेले नेपालको पत्रकारीतलाई माथि उठाउनमा धमलाको धेरै ठूलो योगदान रहेको बताए ।
उनले पत्रकार धमलासंग आफुलाई तुलना गर्दै नेपाली पत्रकारीतामा धमलाले जत्तिको समय आफुले नदिएको पनि बताए । उक्त कार्यक्रममा रास्वपा सभापति लामिछानेले पत्रकारीता गर्ने शैली, तरिका र व्यवहार सबैको बेग्ला बेग्लै हुने गरेको बताउँदै धमलाको पनि पत्रकारीता गर्ने शैली र तरिका बेग्लै भएको तर त्यो नै नेपाली पत्रिकामा एउटा चिनारी बनिसकेको पनि बताएका थिए ।
उनले धमलाको जस्तो सुकै समयमा पनि आफु प्रशंसक रहने बताएका थिए । आईतबारको पत्रकार भेटघाटमा लामिछानेले बोलेका सबै विषयहरुमा अहिले सामाजिक सञ्जालमा उनको प्रशंसक र आलोचक दुबैले टिकाटिप्पणी गरिरहेका छन् । टिकटकबाट साभार भिडियो
@dipakadhikari716 पहिले र अहिले मा भिन्नता के हो जानकारी पाउँ न@googleboy097…구샬 @pratii @basu.daju30 #dipakadhikari69 #dipakadhikari716






