एजेन्सी । एक महिलाले आफू गर्भवती भएको नाटक गरेर आफ्ना प्रेमीलाई झुक्याएकी छन् । उनले पूर्व प्रेमीलाई आफ्नो पेटमा उनको बच्चा भन्दै झुट बोलेर ९ महिनासम्म छक्याउन सफल भएकी हुन् । स्कटल्याण्डकी ती महिलाले आफ्ना पूर्व प्रेमीलाई आफु नौं महिनाको गर्भवती भएको भनेर झुक्याएकी छन् ।
ज्याकलिन म्याकगोभन नामकी ती महिला आफ्ना पूर्व प्रेमी जेमी इतकेनकी आमालाई अस्पतालमा नक्कली डाक्टरसँगको चेकजाँचको तस्विर पठाउने गर्थिन् । उनले प्रेमीको परिवारलाई नौ महिनासम्म उनीहरुका छोराले आफूलाई गर्भवती बनाएको र पेटमा उनकै बच्चा रहेको बताएकी थिइन् ।
दैनिक रेकर्डको रिपोर्ट देखाउँदै ३६ वर्षकी ज्याकलिन आफूले जन्म दिन लागेको भन्दै प्रेमीको परिवार भेट्न जाने गर्थिन् । एकपटक त उनी ९ महिनाकी गर्भवती बनेरै प्रेमीको भाइको कार्यकक्षमै पुगिन् र आफूलाई सहयोग गर्न भनिन् । त्यतिखेर ती प्रेमिकाले नक्कली पेट बोकेको जस्तो देखिने सामग्री लगाएर गएकी थिइन् ।
उनले मानिसहरुलाई यति विश्वास दिलाउँथिन् कि आफ्नो बच्चाको नामका बारेमा र आफ्नो डेलिभरी हुने मितिका बारेमा बारम्बार चर्चा गर्ने गर्थिन् । यतिसम्म कि उनी आफ्नी सासुलाई हजुरआमा बन्दैछौं भनी मख्ख पार्थिन् । उनलाई नातीको हेरचाह हजुरआमाले नै गर्नपर्ने लगायतका विश्वास लाग्दा कुराहरु गर्थिन् ।
उनले एक दिन बच्चाको कोक्रोको फोटो पठाएर आफ्ना पतिलाई तीन लाखभन्दा बढी रुपैयाँ मागिन् । त्यसको केही समय पछि उनले प्रेमीलाई असहयोग गरेर आफ्नो बच्चा खेर गएको भन्दै प्रेमीलाई मेसेज गरिन् । यो सबैबाट दिक्दार भएर प्रेमीले अदालतमा मुद्दा दायर गरे ।
अदालतमा मुद्या दर्ता गरिएको मुद्यामा बहस चल्दै गएपछि ज्याक्लिनको पर्दाफास भयो । त्यसपछि उनले हार मानिन् र आफूले प्रेमीलाई झुट बोलेको स्वीकार गरिन् । उनलाई अदालतले सजाय भने सुनाउन बाँकी रहेको छ ।






