एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री अमृता सिंहको ९ फेब्रुअरी (आज) जन्मदिन हो । सैफ अली खानकी पूर्व श्रीमती तथा बलिउड अभिनेत्री अमृता सिंहको ६२ वर्षको जीवनमा थुप्रै उतारचढाव आयो तर सैफ अली खानसँग विवाह र सनी देओलसँगको अफेयर अत्यधिक चर्चामा रह्यो ।
वास्तवमा सैफ र अमृताको विवाह सन् १९९१ मा भएको थियो । तर यसअघि उनी सनी देओलसंग प्रेममा थिइन् । सनीसँग उनको भेट सन् १९८३ मा आएको फिल्म ‘बेताब’ को सुटिङको क्रममा भएको थियो । यतिबेला उनीहरुको अफेयरको कुरा सार्वजनिक भएको थियो ।
तर सनी पहिलादेखि नै विवाहित थिए । यो कुरा गोप्य राखियो किनभने उनका पिता धर्मेन्द्र चाहँदैनथे कि फिल्म रिलिज हुनु अघि यो सार्वजनिक होस् । तर हरेक जमानामा मिडियासँग कुरा लुक्न सकेको छैन । सनी विवाहित भएको कुरा तीब्र रुपमा फैलिन थाल्यो ।
मिडियामा सनीको विबाहको कुरा बाहीरिएपछि उनले विवाहको कुरा मान्न अस्विकार गरे । किनभने सनीको बलिउड करियर र रोमान्टिक इमेजमा नकारात्मक असर पर्न सक्थ्यो । त्यसैले यो कुरा उनीहरुले दबाएर राखेका थिए ।
एकदिन जब अमृतालाई सनी देओलको वास्तविकताबारे थाहा भयो तब उनलाई आघात पुग्यो । त्यति नै बेला अमृताले सनीलाई छोडिदिइन् । त्यसपछि उनको जीवनमा अरु मानिसहरु पनि आए । केही दिन उनको नाम क्रिकेटर रवि शास्त्रीसँग पनि जोडियो जो अब भारतीय क्रिकेट टिमका कोच हुन् ।
त्यसपछि अमृताको जीवनमा एक यस्ता व्यक्तिको प्रवेश भयो जसले उनको जीवन नै परिवर्तन गरिदियो । ती हुन् सैफअली खान । सैफसंग विबाह भएपछि अमृता दुई सन्तानकी आमा भईन् । छोरा इब्राहीम र छोरी सारालाई जन्माएपछि अमृता र सैफ एकअर्काबाट अलग्गीए ।






