एजेन्सी । पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । विस्फोटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डाक्टर आजमका अनुसार मस्जिदमा आज सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताए । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् । ६० जना घाइते भएकामा १० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।






