काठमाण्डौ । पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा सेलिब्रेटी बैंकरको रुपमा चिनिएकी रविना देशराज र उनका विदेशी प्रेमी स्टुवाट एलेक्जेण्डर च्याम्प म्यानको विषयले निकै नै तताएको छ । बिहीबार मात्रै उनले आफ्नो विदेशी प्रेमीसंगको तस्वीरलाई सार्वजनिक गरेसंगै उनको चर्चाले सामाजिक सञ्जाल तताएको हो । आयुुषमान र आर्शिमानकी आमासंगै नायिका प्रियंका कार्की सासु हुनुका साथै नातिनीकी हजुरआजमा बनी सकेकी रविनाले आफ्नो विदेशी प्रेमीसंगको तस्वीर सार्वजनिक गरिनुले उनी सामाजिक सञ्जालमा छाएकी छन् ।
रवीना आफै पनि एक खुला सोंच भएकी नारी हुन् । यो कुरा उनले आफ्नो सम्बन्ध विच्छेद भएकी प्रियंकालाई बुहारीको रुपमा सहजै स्वीकार गर्नुले बुझिन्छ । उनको जीवन शैली र विचारलाई सुन्दा उनले जीवनलाई एउटा सुन्दर उपहारको रुपमा बुझेकी छन् । त्यसैले त आफुसंगै आफ्ना दुई छोराहरुलाई पनि जीवनको सुन्दर पक्ष स्वतन्त्रतासंगै जीउन सिकाएकी छन् । सेलीब्रेटी बैंकरका रुपमा चिनिएकी रविनाले आफ्नो जीवनलाई आफु खुशी जीउन पाउनु पर्छ भन्ने अधिकार र मान्यताका साथ यो उमेरमा पनि र नेपाल जस्तो सानो देशको नागरिक भएर पनि कसैको प्रवाह नगरेरै प्रेमी सार्वजनिक गर्ने हिम्मत गरिन् ।
उमेरले परिपक्क र हजुरआमा समेत बनी सकेकी रविनाको यो हिम्मतलाई सामाजिक सञ्जालमा जमेर टिप्पणी गरेको देखिन्छ । मेघा बैंकको कायम मुकायम अधिकृत समेत रहेकी रविनाको कतिले आलोचना गरेका छन् भने कतिले उनको पक्षमा समर्थन जनाएका छन् । अरुले के भनेका छन् भन्नु भन्दा पनि उनको आफ्नै परिवार भित्रका सदस्यहरुले के भनेका छन् भन्ने कुरा उनका लागि निकै महत्वको कुरा हो । र उनका परिवारका सदस्यहरुमा उनका दुई छोराले आमाको नयाँ प्रेमीलाई स्वीकार गरेका छन् । त्यसैले त आयुषमान र आर्शिमान दुबैले आमाद्धारा पोष्ट गरिएको विदेशी प्रेमीको तस्वीरमा नयाँ जीवन शुरुवातको शुभकामना संगै दिल ईमोजी दिएर आमाको नियार्णप्रति समर्थन जनाएका छन् ।
को हुन् त रविना विदेशी प्रेमी स्टुवाट एलेक्जेण्डर ?
स्टुवाट एक बेलायती नागरिक हुन् । उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन् । विश्व वन्यजन्तु कोषका अनुसार उनी पाँच वर्षको उमेरदेखि नै प्रकृतीबादी बन्न चाहान्थे । प्रकृती प्रेमी उनले सन १९९१ मा चीनको बोलुंगपाण्डा रिर्जभमा ट्रेनरका रुपमा आफ्नो अन्तराष्ट्रिय करियरको शुरुवात गरेका थिए । २ वर्ष त्याहाँ काम गरेपछि सन १९९३ मा उनले विश्व वन्यजन्तु कोषमा काम गर्न थाले । यस अवधीमा उनले वन्यजन्तु व्यापार अभियान विरुद्ध अभियान चलाउन थाले । जस्को परिणाम स्वरुप सन २०१३ मा थाईल्याण्डका प्रधानमन्त्रीले हात्तिको दाँतको व्यापारमा प्रतिबन्ध घोषणा गरेका थिए । सोही वर्ष उनी विश्व वन्यजन्तु कोषका निर्देशकका रुपमा नियुक्त भएका थिए ।
२०१९ देखि २०२२ सम्मको कोषले उनलाई जंगलका बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ टाईगर अलाईभ ईनिसियटिभ लिडरको रुपमा नियुक्त गरेको थियो । यसैकालागि उनी अहिले काम गर्न नेपाल आएका थिए र उनी अहिले नेपालमा कार्यरत छन् । नयाँ प्रजातिका जंगली जनावरको खोजीमा उनले रुची राख्दछन् । उनले आफ्नो खाली समय पनि नयाँ प्रजातिका जनावरहरु खोज्नमा खर्च गर्ने गर्दछन् । यसै क्रममा उनले ४१ प्रजाति मध्य २५ प्रजातिका विरालोलाई देखेका छन् । यतिबेला उनै स्टुवाट एलेक्जेण्डर दक्षिण अफ्रीकी टापु राष्ट्रमा पुगेका छन् । उनीसंगै रविना पनि दक्षिण अफ्रीकाको टापु राष्ट्रमा छिन् ।






