काठमाण्डौ । १० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आलोचना भएपछि गायिकाले माफी मागेकी हुन् ।
गीतका शब्द र टुक्का नाबालिका बलात्कार घटनामा पीडितसँग मिलाइएको छ । अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको जबरजस्ती करणी र बलात्कारको आरोपका घटनासँग मिलेका छन् ।
त्यसप्रति आलोचना भएपछि फेसबुकमार्फत गायिका कमलाले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । उनले कुनै प्लान गरेर डलरकै लागि भनेर, कसैलाई बर्बादै पार्ने गरी नगाइएको प्रस्टीकरण समेत दिएकी छिन् ।






