एजेन्सी । छोरीका आमाबुवा बनेपछि कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ दोस्रो पटक आमाबुवा बनेका छन् । भारतीय हास्यकलाकारले यो खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् सेयर गरेका थिए । कपिल शर्माले ट्वीट गर्दै लेखे, ‘हाम्रो सानो छोराका लागि तपाईंहरु सबैको प्रेम र आशीर्वादका लागि मुरी मुरी धन्यवाद ।’
एक प्रशंसकले कपिल शर्मालाई सोसल मिडियामा बधाई दिँदै सोधे, ‘तपाईंले आफ्नो छोराको नाम के राख्नुभएको छ ?’ यसको जवाफमा कपिल शर्मा भन्छन्, ‘धन्यवाद, तर अहिले नै नामकरण भएको छैन ।’ कपिल शर्माकी छोरी अनायरा शर्मा १० डिसेम्बरमा एक वर्ष पूरा भएकी छिन् । कपिल शर्मा र गिन्नीले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए ।






