काठमाण्डौ । पिडित नाबालिकाले नवलपुर जिल्ला अदालतमा दिएको बयानको वकपत्र फेरीएको छ । अभिनेता पल शाहविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएसंगै उक्त पूूर्णपाठमा पिडितको वकपत्रको बयान फेरीएको हो । बिहीबार तयार भएको पूर्णपाठमा फैसलाको विस्तृत विवरण छ । शाहले जिल्ला अदालत, नवलपुरबाट २१ भदौमा सफाइ पाएका थिए ।
बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्का र मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ । पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी पर्यो ।
जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो । पीडितले‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।
उनले कन्याजालीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइकल चलाउने गरेको बताएकी थिइन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन ।
त्यसैले सामान्य अवस्थामा कर’.णीको क’.सूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् । जब’रजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।’ प्रति’.वादीले अनुसन्धानका क्रममा पी’डितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको फैसलामा औंल्याइएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पिडित माथि बालिकालाई बलात्कार गरकेो मुद्दामा पललाई सफाइ दिएपनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो ।
त्यस्तै अभिनेता पललाई पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत दौ २१ गतेको आदेशमा भनिएको थियो । शुक्रबार आएको पूर्णपाठमा आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने कुरामा जोड दिएको छ । पिडितले ०७८ ५ क ले अदालतमा दिएको वकपत्रमा उल्लेखित बयान जस्ताको त्यस्तै,,,,,,
‘मौकाको मैले गरेको कागजको बेहोरा झुठा हो । म प्रतिबादी पल शाह भन्ने पुर्ण विक्रम शाहके फ्यान हुँ । हामीबीच कुनै नराम्रो सम्बन्ध छैन । वारदाता भनिएको दिन म सुटिंग सकेर आउँदा रातको १०, ११ बजेको थियो । म गैडाकोट रिर्सोटको कोठामा आई रिर्सोटका मालिकको छोरी सामिया जिसी संगै सुतेकी थिएँ । म सुतेपछि सुतिरहेको कोठामा यी प्रतिबादी पल शाह भन्ने पुर्ण विक्रम शाह प्रवेश गरेका थिएनन् ।
नीजले मलाई करणी नै गरेका होईनन् । करणी नै नगरेपछि जर्बजस्ति करणी गरेको भन्ने कुरै भएन । मिडियामा नराम्रो प्रकारको नकारात्मक समाचार आएको सुनी मेरो बुवाले उक्त कुरा सुन्न नसकि प्रस्तुत जाहेरी दिनु भएको हो । मेरो शारीरिक स्वास्थ्य परिक्षण प्रतिबदनको सम्बन्धमा मलाई थाहा भएन । प्रतिबादीसंग हाई हेल्लो मेसेज आदानप्रदान सम्म हुन्थ्यो । सुटिंगको क्रममा भेट हुन्थ्यो ।
प्रमाणको रुपमा पेश भएको अडियो क्लिप रिहलसलको मात्र हो । उक्त आवाज हामीहरुको नै हो । नीज मेरो अभिभाव जस्तै हुन् । हामीहरुबीच माया प्रेम रहेको छैन । प्रतिबादीले मलाई विबाहको प्रलोभन देखाई वा अन्य कुनैप्रकारले मलाई करणी गरेका छैनन् । वरदातको दिन प्रतिबादी मेरो प्रवेश गरेका होईनन् । मैले घर गाउँमा घाँस दाउरा गर्ने साईकल चलाउने, सिकाउने लगाएतका कामहरु गरेको थिएँ ।’






