गोर्खा । इण्डियन लाहुरे राहूल र स्मिताको सम्बन्ध विच्छेद हुन लागेकोदेखि भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ । आफुले धेरै माया गरेकी श्रीमतीले आफु पल्टनमा हुँदा अर्कैसंग अनैतिक सम्बन्ध गाँसेर घरपरिवार, छोरी अनि स्वयम आफुुलाई नै छाडेर अर्कैसंग गईसकेकी स्मितालाई राहुलले सबै कुराहरुमा क्षमा दिएर फेरी आफ्नो बनाएका छन् ।
राहूलले स्मितासंग पुनर विबाह गरेको खबरले सोशल मिडियामा उनका प्रशंसहरुले उनी र उनको नयाँ सम्बन्धलाई लिएर धेरै शुभकामनाहरु दिई रहेका छन् । राहूलल र स्मिताको यही आइतबार नै सम्बन्ध विच्छेद भई सकेको थियो । तर सम्बन्ध विच्छेद भई सक्दापनि उनीहरु एकअर्का बिना बस्न नसक्ने भएपछि फेरी एकले अर्कालाई सम्मान गर्दै अब कहिल्यै नछुट्ने बाचा गरेर पुनहः एकअर्काको भएका छन् । सम्बन्ध विच्छेदपछि विबाह गरेको हुनाले राहूल र स्मिति विबाह दर्ता गराउन वडा कार्यालय गएका छन् ।
उनीहरुले गोर्खाको पालुंटार नगरपालिकाको वडा नं. ९ मा रहेको वडा कार्यालयमा गएर आफ्नो विबाह दर्ता गराएका हुन् । राहूलको निणर्य र उनले श्रीमतीलाई गरेको माया र सम्मानकोलागी वडाका अध्यक्ष भेसराज पाण्डेले समेत राहूलको प्रशंसा गरे । उनले राहूल र स्मितालाई पुराना सबै कुरा बिर्सिएर अबको जिन्दगी माया, प्रेम र सम्मानमा जीउनु भन्दै छोरीको भविष्यको बारेमा पनि दुवैले सोचेर अघि बढ्ने सुझाव दिए ।
यो समाचार तयार पार्दासम्म राहूल र स्मिता आफ्नो पुरानो पुख्यौली गोर्खामा रहेको घर जाँदैछन् । उनीहरुको यो नयाँ अध्यायबाट फेरी शुरु हुन लागेको यो जीवनकोलागी सामाजिक सञ्जालै भरि सबैले बधाई तथा शुभकामना दिई रहेका छन् । विशेषगरी राहूललाई सबैले एउटा आर्दश पुरुषको रुपमा लिएका छन् । उनले छोरीकोलागी र आफ्नै मायाकोलागी स्मितालाई स्वीकार गरेर जुन सम्मान दिए त्यो सम्मान न केवल उनको श्रीमतीलाई मात्र हो वल्कि सबै नेपाली महिलाहरुलाई नै हो भन्दै उनलाई सबैले प्रशंसा दिएका छन् । भिडियोसहित






