काठमाण्डौ । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलि भिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल म’दर बन्न चाहेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’
विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ। विहे भन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् । आमाको माध्यम मार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।
भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको भनाई छ । अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान(श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन्। उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् ।तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ। आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन्
लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् । लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् ।
आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटकपटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।






