काठमाडौ । नेपाली फिल्म इन्डस्ट्रिमा आकाश र पुजाको जोडीलाई दर्शकले निकै नै मन पराएका छन् । उनीहरुको रिलमा बनेको जोडीलाई नेपाली दर्शकले रियल मै बनिदिएकोहोस् भन्दै कामना पनि गरि रेहका छन् । सबैले उनीहरुको जोडीको प्रसंशा गरेतापनि यो जोडीले भने आफुहरुको सम्बन्ध साथीकोभन्दा निकै नै माथिको रहेको बताउँदै आईरहेका छन् ।
तर उनीहरुको खास मान्छेहरुले भने आकाश र पुजा प्रेम सम्बन्धमा रहेको पनि बताएका छन् । तीत करोड नेपालीको मनमा बस्न सफल आकाश र पुजा फेरी एक पटक संगै एउटा म्युजिक भिडियोमा खेलेका छन् । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ मा उनीहरुलाई देख्न सकिन्छ ।
गीतको शब्द रचना चन्द्र प्रसाई ‘परिस्कृत’ गरेका छन् भने गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ । बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियो पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।
भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीतमार्फत गीतकारले प्रेमीले प्रेमिकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ । निर्देशक पाण्डेको हरेक भिडियोमा फरकपन पाउन सकिन्छ ।






