गुल्म्मी । पछिल्लो समय दर्शक दिर्घाबाट अपार माया र सम्मान पाई रहेकी गायिका रचना रिमालले गुल्मी महोत्सबमा निकै नै धमाका मच्चाईन् । उनले प्रस्तुती दिएको उक्त महत्सवमा निकै नै रमाईलो भएको बताईएको छ । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा‘ ‘ गीत गएको निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीत गाउँन अफर गरियो ।
नयाँ बर्ष २०७९ सालको पहिलो दिन अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन बिहिवार १७ हजार १ सय ९२ जना दर्शकले महोत्सव अवलोकन गरेका छन् । गुल्मी जिल्लामा भएका महोत्सव मध्ये टिकट काटेर प्रवेश गर्ने दर्शकको संख्या धेरै र पहिलो भएको गुल्मी उद्योग बाणिज्य सघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए । गीत गाएको हेर्दे जाँदा रात पर्न आठेयो तर दर्शकहरु बेलुकी अबेरसम्म नै उनिहरुका प्रस्तुतीहरुसँग रमाउन बसेका थिए ।
त्यस लगत्त अन्य चर्चित कलाकारहरुको प्रस्तुती पनि राखेका थिए । अत्यमा शर्मा र परियारले दोहोरी समेत प्रस्तुत गरेकाच थिए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने बताईएको छ ।
उनि भन्छिन्ः ‘महोत्सवबाट हिजो साँझ काठमाण्डौ फर्किएकी हुँ । हिजो साँझ नै एउटा गीत रेकर्डिङ गरें । आज दुईवटा गीतको रेकर्डिङ सकेर आएकी हुँ,’ व्यस्त दैनिकीकै बाबजुद केही दिनअघिको भेटमा रचनाले भनिन्, ‘दुईरतीन दिनमा केही गीतको रेकर्डिङ सकेर फेरि मेला(महोत्सवतिरै जानुछ । अंग्रेजी नयाँ वर्षको दिन दार्जिलिङमा सांगीतिक प्रस्तुति दिँदैछु ।
त्यसपछि पुस अन्त्यसम्मै नियमितजसो मेला(महोत्सवको सेड्युल छ । माघका लागि पनि थुप्रै जिल्लाबाट मेला महोत्सवको लागि कुरा भएको छ ।’ यतिबेला उनी सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगिसकेकी छिन् । आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता(दर्शकबाट एकदमै माया पाउने गरेको रचना बताउँछिन् । स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बताउँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् ।
https://youtu.be/5rhEDnoWhpk






