एजेन्सी । आजको समयमा के कोही पनि व्यक्ति मोबाई फोन बिना बस्न सक्छ होला त ? पक्कै सक्दैन । तर बलीउड अभिनेता आमिर खानले अबको पुरै समय आफु मोबाईल फोन बिना नै बस्ने बताएका छन् । बलिउडबाट अचम्मलाग्दो यो खबर बाहिरिएसंगै यतिबेला बलीउड मात्रै नभई उनका फ्यानहरुमा यो चासोको विषय बनेको छ । चर्चित अभिनेता आमिर खानले मोबाइल फोन नचलाउने निर्णय गरेका छन् ।
आखिर किन त उनले एक्कासी मोबाईल फोन नचलाउने निर्णय गरे ? यस्को कारण केवल उनको नयाँ प्रोजेक्ट रहेको उनले बताएका छन् । उनले आफ्नो आगामी चलचित्र ‘लाल सिंह चढ्डा’मा कुनै पनि असर नगरोस् भनेर फोन नचलाउने निर्णय गरेका हुन् । आफ्ना हरेक फिल्मका हरेक भूमिकालाई उत्कृष्ट बनाउन ध्यान दिने आमिरले यस पटक मोबाइल नचलाउने भएका हुन् । उनले मोबाइल फोनले आफ्नो कामप्रतिको लगावलाई भंग गरेको बताएका छन् ।
फिल्म ‘लाल सिंह चढ्डा’मा काम गर्दाको समय कुनै पनि समय ध्यान भंग नहोस् भनेर यो फिल्मको काम नसकिँदासम्म मोबाइल नचलाउने भएका हुन् । आमिरको बहुप्रतीक्षित फिल्म आउँदो क्रिसमसमा रिलिज हुँदैछ । यो चलचित्रमार्फत् आमिर र करिना कपुर एक साथ देखिँदैछन् । अहिले यो फिल्म प्रोडक्सनको क्रममा छ ।






