काठमाण्डौ । नाबालिग गायिकामाथि कर णी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।
यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई कर णी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए । जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पल र पीडित किशोरीबीच भएको एउटा अडियो कुराकानीलाई बलियो प्रमाणका रुपमा अदालतमा पेश गर्ने तयारी गरेको छ ।
सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग कर णीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ । उक्त अडियोमा पलले पीडित किशोरीतिर संकेत गर्दै स्पष्ट भनेका छन् । ‘यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा आउँथ्यो ।
गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला । यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं। म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि ।’ ‘यो अडियो सुन्दा पलले किशोरीसँग शा’री’रि’क स’म्पर्क राखेको स्पष्ट पुष्टि हुन्छ । त्यसैले अदालतमा जाँदा हामीले यसलाई एउटा बलियो प्रमाण ठानेका छौं,’ तनहुँ प्रहरी स्रोतले भन्यो ।






