काठमाडौ । अभिनेत्री सुष्मा कार्कीले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कु’ट’पि’ट र गा’ली’ग’लौ’ज भएको दावी गर्दै प्रहरीमा उ’जु’री दिएकी छन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कु’ट’पि’ट गर्दै गा’ली’ग’लौ’ज गरेको आ’रो’प लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उ’जु’री दिएकी हुन् ।
सुष्माले आफूमाथि भएको कु’ट’पि’टको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे । ‘आफूमाथि आरतीले कु’ट’पि’ट गरेको र उत्सवले गा’ली’ग’लौ’ज गरेको भन्दै सुष्माले ठाडो उ’जु’री दिएकी छन्’ डिएसी पौडेलले भने, ‘दुबै पक्षलाई अहिले बोलाएका छौँ । छलफलपछि के भएको थाहा हुनेछ ।’ सुस्मालाई अन्याय भएको रहेछ भने आफूहरुले न्याय दिलाउने उनको भनाई छ ।
सुस्माले क्याफेमा भएको झ’ग’डाको भिडियो समेत प्रहरीमा बुझाएको बताइएको छन् । सोमवार साँझ अनिता बाँस्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उनका श्रीमान् विजयन्द्र सिंह रावतसहित आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिलेदेखि नै साथीहरुसँग रहेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बा’द’बि’वा’द भएकोर आफूमाथि आरतीले कु’ट’पि’ट गरेको सुष्माले उ’जु’रीमा उल्लेख गरेकी छन् ।






