काठमाण्डौ । सिनेमा र म्युजिक भिडियोबाट स्थापित अनुहार हुन्, पूर्णविक्रम शाह अर्थात् पल शाह । सिल्भर स्क्रिनमा उनले रहरलाग्दो छवि बनाएका छन् । त्यसैको प्रभावमा एउटा ठूलो जमात पललाई आफ्नो ‘आइडल’ मान्छन् । उनका ‘डाइहार्ट’ फ्यान सामाजिक सञ्जालदेखि सिनेमा हलसम्म ताँती लाग्छ । तिनै ‘डाइहार्ट’ फ्यानहरु नै अहिले पीडित किशोरीलाई तथानाम भन्न उद्यत छन् ।
सामाजिक सञ्जालमा पल शाह निर्दोष हुन् भनेर भिख माग्नेहरुको संख्या बग्रेल्ती छ । पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन् । उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन । अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी गरे ।
ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि कर णी भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन् । तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन । तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो । यस्तो ज’घन्य अ’पराधमा पीडितले जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन् ।
कास्की प्रहरीले त्यही बेला उजुरी दर्ता गरेर आवश्यक कारबाही बढाएको भए पल शाह एक महिनाअघि नै पक्राउ पर्ने थिए । उनी थुनिएदेखि दमौलीमा भीड जम्मा भयो। काठमाडौंदेखि आएका युट्युबर र अभियन्ता बास बस्दा प्रहरी कार्यालयवरपरका होटल र रेस्टुरेन्टले ४–५ दिन राम्रै व्यापार गरे। बिहीबार उनीहरू फर्किएपछि भने प्रहरी कार्यालयवरपर सुनसान देखियो ।
शुक्रबार काठमाण्डौबाट एक युवतीमात्रै शाहलाई भेट्न आइन् । पीडित नाबालिकाले शुक्रबार सरकारी वकिलको कार्यालयमा बयान दिइन् । उनले जाहेरीमा उल्लेख भएको व्यहोरालाई बल पुग्ने गरी बयान दिएको श्रोतले बतायो । उनका अनुसार पीडित गायिका आफ्नो बयानमा अडिग छिन् । अधिवक्ता राधिका खतिवडाका अनुसार कर णी घटनामा प्रत्यक्षदर्शी हुँदैनन् । भिडियो प्रमाण पनि हुँदैन ।
नाबालिकाले जाहेरीमा समर्थन गर्ने गरी बयान गरिसकेपछि अदालतमा पुगेर त्यसैलाई निरन्तरता दिइन् भने उनी नै यसको सबैभन्दा ठूलो प्रमाण हुने उनले बताइन् । कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग भनी परिभाषित गरेको छ, जो मानसिक एवं भावनात्मक रुपले आफ्नो प्रतिरक्षा गर्न सक्ने अवस्थाका हुँदैनन् । अधिवक्ता खतिवडा भन्छिन्, ‘उनीहरुको संरक्षक राज्य एवं समाज हो ।
तर, पितृसत्ता मा’नसिक’ताले ग्रसित हाम्रो समाज नारीको च’रित्रमा’थि बढी प्रश्न उठाउने गर्छ । कार्यालयले अन्य साक्षीको बयान लिइरहेको छ। पीडितका तर्फबाट पूर्वी नवलपुर प्रहरी कार्यालयमा पनि शाहविरुद्ध कर णीको उजुरी परेकाले त्यहाँ पनि सरकारी वकिलको कार्यालयमा बयान हुनेछ । कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पीडितकै पक्षमा बयान दिइसकेका छन् ।
प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरोप स्वीकार गरिसकेका छैनन् । उनले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शा’री’रि’क स’म्प’र्क नभएको बयान दिएका छन् । पीडितको स्वास्थ्य परीक्षणमा भने नाबालिकाको कन्याजाली च्यातिएको प्रतिवेदन आइसकेको छ ।






