काठमाण्डौ । एक किशोरीले कर णी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका अभिनेता पल शाह विरुद्ध प्रहरीले प्रमाण जुटाउने काम थालेको छ । किशोरीले उजुरी दिएको ५ दिनपछि पक्राउ परेका पललाई हिरासतमा राखेर अनुसन्धान थाल्न अदालतले अनुमति दिएपछि पल अहिले ६ दिन देखि प्रहरी हिरासतमा छन् ।
प्रहरीले अहिले सम्म पल बिरुद्ध २ वटा प्रमाण फेला पारेको छ । जुन प्रमाण पल विरुद्ध छन् । पललाई आरोप लागेको पी डित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ । सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ । घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो । जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो । प्रहरीले पी डितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ । स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए ।
किशोरीको मु द्दा हेरेकी अधिवक्ताले पनि पल विरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको बताएकी छन् । तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन् । उनले पी डित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि कर णी भने नगरेको दाबी गरेका छन् ।






