काठमाण्डौ । अभिनेता पल शाह प्रकरणमा मौन रहेका सेलिब्रेटी बिस्तारै बोल्न थालेका छन् । सेलिब्रेटीका धारणा सार्वजनिक हुने क्रममा पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफ्नो धारणा सामाजिक सञ्जालमा राखेकी छिन् । उनले एक वयस्कले नाबालिगमाथि यौ’ ‘न स’म्बन्ध स्थापित गर्नु कानून विपरित रहेको उल्लेख गर्दै नावालिग पीडितको पक्ष लिएकी छिन् ।
खतिवडाले कानूनको सम्मान गर्दै भनेकी छिन्, ‘यस्ता कानून वयस्कहरुलाई नाबालिगको खोजि गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् । जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् की उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन ।’
उनलाई पछिल्लो समय चर्चामा रहेको पल शाह प्रकरणपछि आएका प्रतिकृयाले अचम्ममा पारेको छ । उनी भन्छिन्, ‘मलाई अझै विश्वास लागिरहेको छैन कि मानिसहरु एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन्’ उनी प्रश्न गर्छिन् ‘त्यो सम्बन्धले युवतीमा कस्तो मा’नसिक प्र’भाव पारेको छ भन्ने कुरा तपाईंले कल्पना गर्नु भएको छ ?’

उनले पी’डितका बारेमा नानाथरी धारणा बनाउनेलाई नाबालिगसँगको यौ’ ‘न स’म्बन्धबारे किन कानुन बनाइएका भनेर गुगलमा सर्च गर्न आग्रह गरेकी छिन् । खतिवडाले नाबालिगका लागि प्रार्थना गरेकी छिन् । उनी भन्छिन्, ‘यस्तो घृ’णा सहन असाध्यै नै गाह्रो हुन्छ । आ’त्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ बहिनी ।
नाबालिगसँग यौ’ नस’म्बन्ध स्थापित गर्नु अ’परा’ध हो। यसमा कुनै यदि र तर लागू हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् ।’ उनी अगाडि भन्छिन्, ‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पी’डकलाई साथ दिँदै हुनुहुन्छ। यदि नाबालिगले नै यसो गर्न चाहेकी छिन भने ‘हुन्न’ भन्ने काम वयस्कको हो ।
किनभने यहाँ पीडित केही निर्णय गर्नका लागि असाध्यै सानी छिन् । जबकी पल उनीभन्दा धेरै नै उमेरका थिए ।’ हिजोआज धेरै नाबालिग आफूभन्दा निक्कै पाको उमेरका पार्टनरसँग यौ ‘न’स’म्बन्ध’मा रहेको र त्यसको घाउ जीवनभर बोकेर हिँडेको खतिवडाको तर्क छ ।






