काठमाण्डौ । जस्ले भोग्छ उसैलाई मात्र थाहा हुन्छ भन्ने कुरालाई बुझेर नै होल पल प्रकरणमा अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्माले पी’डि’त बालिकाको पक्षमा अभिव्यक्ति दिएका छन् । अभिनेत्री रेखाले मंगलबार सामाजिक सञ्जालमा स्टाटसमार्फत महिलामाथि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्या’प्ने चलन ल’ज्जाज’नक रूपमा नेपालमा व्याप्त भएको भन्दै आ’क्रो’श व्यक्त गरिन् । यद्यपी पलको पक्षमा बोल्ने उनका फ्यानहरुबाहेक धेरै कलाकार मौन देखिएका छन् ।
‘२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौ’ ‘न स’म्प’र्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन,’ उनले लेखेकी छन्, ‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्या’प्ने चलन ल’ज्जाज’नक रूपमा नेपालमा व्याप्त छ ।’
रेखाको यो आ’क्रो’श पल प्रकरणमा पलको समर्थनमा जागेको भि’डल’क्षित थियो । त्यो भिड, जसले पललाई चोख्याएर नाबालिका गायिकालाई समाजमा दोषी देखाउन लागिपर्यो । अभिनेत्री ऋचाले पीडित बालिकाको संरक्षण गरेर कानुनको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । ‘मलाई विश्वास छ, नाबालिकाको विश्वासको ह’ ‘त्या ग’र्नेको पक्षमा लागेर एक नाबालिगको च’रि’त्रह’ ‘त्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
ऋचाले मुलकी अ’परा’ध सं’हि’ताको कुरा उठाउँदै लेखेकी छन्, ‘‘१८ वर्षमुनिकासँग यौ’ ‘न स’म्ब’न्ध राख्नु कर णी हो । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि, हैन र रु १८ वर्षमुनिकाको सहमतिमै यौ’ ‘न स’म्ब’न्ध भए पनि कर णी ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो । यति बुझौँ, नाबालिगकै करमा पनि कसैले यौ’ ‘न स’म्ब’न्ध राख्यो भने त्यो कर णी हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ।’






