काठमाण्डौ । अभिनेता पल शाह अहिले प्रहरी हिरासतमा छन् । उनलाई एक जना १७ वर्षकी गायीकाले आफुलाई इच्छा विपरित कर णी गरेको भन्दै उजुरी दिएका कारण उनलाई प्रहरीले अनुसन्धान सुरु गरेको हो । उनी किशोरीले उजुरी दिएको ५ दिन पछि प्रहरी सम्पर्कमा पुगेका छन् । अहिले तनहुँ प्रहरीले अदालतवाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । आजबाट पलसंग प्रहरीले वयान लिन थालेको छ ।
आइतबार पल तनहुँ प्रहरीमा आ’त्मसम’र्पण गरेकी दिन उनै किशोरीले फेरी नवलपुर स्थित गैंडाकोट प्रहरी कार्यालयमा पनि सोही प्रकृतिको उजुरी दिएकी छन् । आफुलाई गत चैत महिनामा अभिनेता पलले एक दिनमै सकिने कामलाई दुई दिन लगाएर कर णी गरेको आरोप लगाएकी छन् । कर णी गर्ने उद्देश्यले एक दिनमै सकिने कामलाई दुई दिन लगाएर आफुलाई गैंडाकोटको एक रिसोर्टमा कर णी भएको उल्लेख गरेकी छन् ।
तर अधिवक्ताहरुले भने एकै ब्यक्ति उपर एकै घटनामा विभिन्न स्थानमा जाहेरी दर्ता हुन नसक्ने बताएका छन् । तनहुँमा उजुरी परेर त्यसको कारवाही प्रकृया समेत सुरु भइसकेको बेलामा सोही घटनालाई लिएर फेरी अर्को ठाउँमा पनि उजुरी दिन नमिल्ने र त्यसले केही फरक नपर्ने अधिवक्ताको भनाई छ ।फौजदारी घटनामा पीडितले नै उजुरी दिन आवश्यक नभएको र अरु जो कसैले पनि उजुरी दिन पाउने भएकाले अन्य कसैले दिएको हुनसक्ने अधिवक्ताको भनाई छ । भिडियो






